अर्थ-वाणिज्य

भारतमा मोदीलाई झट्का, प्रधानमन्त्री बन्न रोक्ने विपक्षी प्रयास सफल होला त ?




काठमाडौ २२ जेठ, । भारतमा चुनावी अभियानको सुरुमा एउटै प्रश्न थियो, भारतीय जनता पार्टी ९भाजपा०ले कति सिट जित्न सक्छ रु नरेन्द्र मोदीको पक्षमा कति भारी बहुमत ल्याउँछ ? मोदीको नाममा चुनाव लडेको भाजपाले अबकी बार ४०० पारको नारा दिएको थियो । सातौं तथा अन्तिम चरणको मतदान भएको साँझ १ जुनमा सार्वजनिक एक्जिट पोलहरुमा मोदीको अपेक्षा अनुसार नतिजा नआए पनि भाजपाले सहज बहुमत र एनडीए गठबन्धनले ३५० भन्दा बढी सिट जित्ने दाबी गरिएको थियो।
मंगलबार जब मत गणना सुरु भयो, मोदी र भाजपा समर्थकलाई नराम्रो झट्का लाग्यो ।

किनकी भाजपाले संसदको बहुमत गुमाउने मात्र होइन, एनडीए गठबन्धनको बलमा सरकार बनाउन समेत गाह्रो पर्ने सुरुवाती रुझानले देखायो ।साँझसम्म आइपुग्दा मोदी बाराणासी क्षेत्रबाट तेस्रो पटक लोकसभा सदस्यमा निर्वाचित भएका छन् । तर उनको दल भाजपाले संसदको बहुमत गुमाएको छ । एनडीए गठबन्धन कायमै रहे मोदी तेस्रो पटक प्रधानमन्त्री बन्ने देखिन्छ ।
मोदीको घट्दो लोकप्रियता

पछिल्लो दुई लोकसभा चुनावमा एकल बहुमत ल्याएको भाजपाले यो पटक मोदीकै नाममा चुनाव लडेको थियो । सरकार गठनका लागि २७२ सिट भए पुग्ने भएपनि ४०० पारको नारा दिएर गठबन्धनलाई दुई तिहाई बहुमत मागेको थियो ।अर्थात भाजपा एक्लैले ३७० र बाँकी सिट गठबन्धनका अरु दलबाट अपेक्षा गरेको थियो । २०१४ मा २८२ सिट जितेको भाजपाले २०१९ मा ३०३ सिट जितेको थियो । एनडीए गठबन्धनले भने क्रमशः ३३६ र ३५३ सिट जितेको थियो ।तर यसपटक भाजपाले संसदमा बहुमत गुमाउने निश्चित भएको छ । भारतीय निर्वाचन आयोगका अनुसार भाजपाले ९३ सिट जितिसकेको छ भने १४६ सिटमा भाजपा उम्मेदवार अगाडि छन् । अग्रता लिएको सबै सिट जित्दा पनि भाजपाको २३९ मात्र हुनेछ ।मोदीको घट्दो लोकप्रियता उनकै निर्वाचन क्षेत्र बाराणासीको नतिजाले पनि देखाउँछ ।
सुरुवाती रुझानमा त मोदी आफैं पछाडि परेका थिए, तर १ लाख ५० हजारभन्दा बढी मतान्तरले कांग्रेसका अजय राईलाई पराजित गर्दै सांसद चुनिए । मोदीले चुनाव त तेस्रो पटक जिते, तर उनको मतान्तर ३ लाखभन्दा बढी घटेको छ ।मोदीले ६ लाख १२ हजार ९७० मत पाउँदा राईले ४ लाख ६० हजार ४५७ मत पाएका छन् ।२०१९ मा मोदी ४ लाख ७९ हजार ५०५ मतान्तरले विजयी भएका थिए । उनले ६ लाख ७४ हजार ६६४ अर्थात कुल मतको ६३ प्रतिशत पाउँदा उनका निकतमत प्रतिद्वन्द्वी समाजवादी पार्टीकी शालिनी यादवले १ लाख ९५ हजार १५९ मत पाएकी थिइन् । कांग्रेसका राईले १ लाख ५२ हजार बढी मत पाएका थिए ।
सन् २०१४ मा पनि मोदीको मतान्तर ३ लाख ७१ हजारभन्दा बढी थियो । त्यो चुनावमा मोदीले कुल ५ लाख ८१ हजार ०२२ मत पाएका थिए, जुन कुल मतदाताको ५६ प्रतिशत हो । आम आद्मी पार्टीका अरविन्द केजरीवालले जम्मा २ लाख ० हजार २३८ मत पाउँदा कांग्रेसका अजय राईले जम्मा ७५ हजार ६१४ मत पाएका थिए ।
उत्तर प्रदेशमा धक्का
सन् २०१९ कै चुनावमा भाजपाले हिन्दी भाषीको बाहुल्य रहेको १० प्रदेशको २२५ सिटमध्ये १७६ सिट जितेको थियो ।त्यसमध्ये उत्तर प्रदेशमा ८० मध्ये ६२ सिट जितेको थियो उत्तराखण्डका ५ मा ५, बिहारका ४० मा १७, झारखण्डका १४ मा ११, छत्तिसगढका ११ मा ९, मध्यप्रदेशका २९ मा २८, दिल्लीका ७ मा ७, हरियाणाका १० मा १०, हिमाचलका ४ मा ३ र राजस्थानका २५ मा २४ सिट भाजपाले जितेको थियो ।मध्यप्रदेशमा एक सिट थपेर यो पटक क्लिन स्वीप नै गरेको छ भने दिल्लीमा सातै वटा सिट जोगाउने देखिन्छ । तर अन्यत्र सिट गुमाउने देखिन्छ ।
सबभन्दा ठूलो झट्का भने उत्तर प्रदेशले दियो । त्यहाँ एनडीए गठबन्धनको ३७ सिटमा जितरअग्रता छ भने इण्डिया गठबन्धनको ४२ सिटमा जितरअग्रता छ । इण्डिया गठबन्धनका नेताहरुले यसको श्रेय समाजवादी पार्टीका नेता अखिलेश यादवलाई दिएका छन् ।कांग्रेस नेता राहुल गान्धीले उत्तर प्रदेशका जनता संविधानको रक्षाको पक्षमा उभिएको बताएका छन् ।
राम मन्दिरको प्रभाव रहेन
लोकसभा चुनावको केही समय अगाडि मात्र अयोध्यामा राम मन्दिरको उद्घाटन भएको थियो ।उत्तर प्रदेशका साथै अरु प्रदेशको चुनावमा यसको राम्रै प्रभाव पर्ने अनुमान थियो । तर भाजपाको राममन्दिर कार्डले चुनावमा काम गरेको देखिएन ।अयोध्यासमेत पर्ने लोकसभा सिटमा भाजपाका लालु सिंह पछाडि छन् । त्यहाँ समाजवादी पार्टीका अवधेश प्रसादले अग्रता लिएका छन् ।
कांग्रेसको छलाङ
इण्डिया गठबन्धन बनाएर चुनाव लडेको कांग्रेसले मत प्रतिशतसँगै सिटमा भारी वृद्धि गरेको छ ।१० वर्ष सरकार चलाएको कांग्रेसले २०१४ को लोभसभा चुनावमा नराम्रो झट्का व्यहोरेको थियो । भाजपाले एकल बहुमत ल्याउँदा कांग्रेस १६२ सिट गुमाएर ४४ मा खुम्चिएके थियो । सन् २०१९ मा ८ सिट त थप्यो, तर बलियो प्रतिपक्षी समेत बन्न सकेन । यो पटक भाजपाले कांग्रेसलाई अझ कमजोर बनाउन चाहेको थियो ।
तर कांग्रेसमुक्त भारतको नाराले काम गरेन । बरु कांग्रेसले पुनरोदयको बलियो सम्भावना देखाएको छ । ३८ सिट जितेको कांग्रेस ६१ सिटमा अगाडि छ । कांग्रेस नेता राहुल गान्धी राइबरेली र वायनाड दुबै क्षेत्रबाट निर्वाचित भएका छन् ।चुनावी नजिताले इण्डिया गठबन्धनमा आवद्ध दल र त्यसका नेताहरु उत्साहित देखिएका छन् ।
इण्डिया गठबन्धनको पूर्व निर्धारित बैठक भोलि बुधबार छ, तर प्रमुख घटक कांग्रेसले आइतबार नै पत्रकार सम्मेलन गर्‍यो । कांग्रेस नेता राहुल गान्धीले चुनावी हार स्वीकार गरेर प्रधानमन्त्री नरेन्द्र मोदीले राजीनामा दिनुपर्ने बताए ।तृणमूल कांग्रेसकी नेतृ एवं पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले पनि मोदीको राजीनामा मागेकी छन् ।‘एकतिर सीबीआई, अर्काथिर ईडीको बाबजुद मोदीले पूर्ण बहुमत पाएनन् । उनले आफ्नो विश्वसनीयता गुमाएका छन्’, उनले सञ्चारकर्मीहरुसँग भनिन्, ‘उन ९मोदी० ले तत्काल राजीनामा दिनुपर्छ किनकी उनले ४०० पासको नारा दिएका थिए ।’
मोदीलाई रोक्ने प्रयास
भाजपाको एकल बहुमत नआएसँगै भारतमा १० वर्षपछि फेरि गठबन्धन सरकार बन्ने प्रष्ट भयो ।अहिलेसम्म अग्रता लिएको सिटहरु जित्ने हो भने भाजपा नेतृत्वको एनडीए गठबन्धनको बहमुत पुग्ने देखिन्छ । हाल जितेको र अग्रता लिएको सिट जोड्दा २९२ मा एनडीए गठबन्धन अगाडि छ । त्यसैले मोदी फेरि प्रधानमन्त्री हुने सम्भावना प्रबल छ ।तर इण्डिया गठबन्धनले मोदीलाई हटाएर सरकार बनाउने आश मारेका छैनन् । अहिलेसम्म कांग्रेसले ५५ सिट जितेको छ भने समाजवादी पार्टीले २० जित जितेको छ । गठबन्धनका अरु दलले जितेको र सबैको अग्रता लिएको सिट जोड्दा २३३ हुन्छ ।यो सिट बढ्ने गठबन्धनको दाबी छ । साथै खासगरी विहारमा भाजपासँगै गठबन्धन दल जनता दल युनाइटेडले जुन अग्रता लिएको छ, त्यो कायम नरहने उनीहरुको विश्वास छ ।

विहारको ४० लोकसभा सिटमध्ये ३० सिटमा एनडीए गठबन्धन र ९ मा मात्र इण्डिया गठबन्धन अगाडि छ । तर यो नतिजा हेरफेर हुने विहारमा गठबन्धनको नेतृत्व गरेका राष्ट्रिय जनता दलका नेता तेजस्वी यादवको दाबी छ ।‘अहिलेको जुन आंकडा छ, त्यो बदलिन्छ’, राष्ट्रिय जनता दलका नेता मनोज झा भन्छन्, ‘धेरै ठाउँमा निकै कम मतान्तर छ । हाम्रो सिट दोहोरो अंकमा जान्छ ।’त्यसका बाबजुद पनि केन्द्र सरकार गठनमा आन्ध्र प्रदेशका चन्द्रबाबु नायडु निर्णायक हुनेछन् । एनडीए गठबन्धनमा रहेको उनको दल तेलगु देशम पार्टीले लोकसभामा पनि २ सिट जितेको छ, १४ सिटमा अग्रता लिएको छ ।त्यसैले इण्डिया गठबन्धनका नेताहरु आन्ध्र प्रदेशमा सरकार बनाउने तयारीमा रहेका उनलाई फकाउन लागेका छन् ।
कांग्रेस नेता जयराम रमेशको ट्वीटले त्यही संकेत गरेको छ । तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहले आन्ध्र प्रदेशलाई ५ वर्षको विशेष प्रदेशको मान्यता दिने बाचा गरेको भन्दै उनले लेखेका छन्, ‘बीजेपी नेता बेंकैया नायडूले त्यसको विरोध गर्दै भाजपा सत्तामा आए १० वर्षलाई दिने भनेका थिए । दुई महिना पछाडि मोदीले पनि त्यही बाचा गरे, तर १० वर्षमा मोदी सरकारले केही गरेनन् ।’जयरामले अगाडि लेखेका छन्, ‘कांग्रेसले २०२४ को घोषणापत्रमा बाचा गरेको छ, मनमोहन सिंहको बाचा पूरा गरिनेछ । यो हाम्रो ग्यारेन्टी हो ।’बिहारका मुख्यमन्त्री नितिशकुमारले पनि ठूलो निर्णय लिनसक्ने जनता दल युनाइटेडका नेता झा बताउँछन् । नितिश र चन्द्रबाबु नायडु बदलाको राजनीतिको पक्षमा कहिल्यै नरहेको भन्दै उनले भने, ‘४ जुनपछि उहाँहरुले ठूलो निर्णय लिनसक्नुहुन्छ ।’

प्रकाशित : २२ जेष्ठ २०८१, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६