अर्थ-वाणिज्य

नापीका नाममा अवैध पैसा असुल गर्ने ३ जना पक्राउ




दाङ २२ जेठ । जग्गा नापीका नाममा अवैध तरिकाले पैसा असुल गर्ने राप्ती गाउँपालिकाका ३ कर्मचारी निलम्बित भएका छन् ।केही महिना अघि दाङ(देउखुरीको राप्ती गाउँपालिका(३, खुरुरियामा गाउँपालिकाबाट खटिएका नापीका कर्मचारीहरुले ऐलानी जग्गा नाप्दा स्थानीयबासीबाट ठुलो रकम असुल गरेको विषयमा राप्ती गाउँपालिकाले गठन गरेको छानबीन समितिले दोषी देखेपछि गाउँकार्यपालिकाको बैठकले भूमि शाखामा कार्यरत गाउँपालिकाकी सर्वेक्षक बबिता जिसी, अमिन हिक्मत साउथ र फिल्ड सहायक अमृत पुजालीलाई निलम्बनमा गरेको छ ।

जग्गा नापी गर्ने बाहानामा स्थानीय सँग अवैध पैसा असुलेको तथ्य सहितको समाचार विभिन्न सञ्चार माध्यममा प्रकाशन तथा प्रसारण भएपछि गाउँपालिकाले सुशासन समितिका संयोजक देवप्रसाद चौधरीको संयोजकत्वमा गठित छानबिन समितिले विभिन्न चरणमा छानबिन गरी राप्ती गाउँपालिका गाउँकार्यपालिकामा प्रतिवेदन बुझाएपछि सोमबार बसेको कार्यपालिका बैठकले रकम असुल गरेको प्रमाणित गर्दै ती ३ जना कर्मचारीहरूलाई निलम्बन गरेको राप्ती गाउँपालिकाका प्रवक्ता पहलवान चौधरीले जानकारी दिएका छन् ।

अबैध तरिकाले रकम असुल गरेको तथ्य बाहिरिएको करिब डेढ महिनापछि पालिकाले ती कर्मचारीहरुले रकम असुलेको प्रमाणित गर्दै निलम्बिन गरेको हो । छानबिन समितीले अध्ययन गरे प्रतिवेदन बुझाएको करिब एक महिनापछि सोमबार कार्यपालिकाको बैठक बसी उक्त प्रतिवेदन माथि सुनवाई गर्दै ती तीनै जना कर्मचारीहरुलाई निलम्बन गर्ने निर्णय गरेको प्रवक्ता चौधरीले जानकारी दिए ।

प्रकाशित : २३ जेष्ठ २०८१, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६