अर्थ-वाणिज्य

वर्तमान सत्ता गठबन्धन मिसन ०८४ सम्म टिक्छ : पौडेल




बुटवल २३ जेठ । नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले वर्तमान सत्ता समीकरण २०८४ को निर्वाचनसम्मनै कायम रहने दाबी गरेका छन् । नेपाली काँग्रेस प्रतिपक्षमा बस्नुपर्दा बेचैनी महशुस गरिरहेको बताउँदै पौडेलले यस पटक काँग्रेसलाई प्रतिपक्षमा बसेर निर्वाचन लड्दा कस्तो हुन्छ महशुस गराउने बताए ।हालसम्म काँग्रेसले प्रतिपक्षमा बसेर चुनाब लडेको ईतिहास नभएको बताउँदै उनले यस पटक २०८४ को चुनावमा उसलाई प्रतिपक्षमै राखेर निर्वाचन गरी त्यसको महशुस गराउने उल्लेख गरे । ू
नेकपा एमालेले धेरै पटक प्रतिपक्षमा बसेर चुनाव लडेको छ । काँग्रेसले त्यसको महशुस गरेको छैन । तर, यस पटक उसले महशुस गर्नेछ। यो सत्ता समीकरण २०८४ सम्मनै कायम रहेर एमालेले बहुमतको सरकार बनाउने छ ।ू( पौडेलले भने । वर्तमान गठबन्धन निरन्तरताको दाबी गर्दै उनले काँग्रेसका केही नेताहरुले ुछ महिनापछि सरकारको काँध थाप्नु पर्ने स्थिती आउन सक्छु(भन्नू कुनै व्यक्तिको सपना हुन सक्ने तर, सम्भव नभएको दाबी गरे ।नेकपा एमाले रुन्देहीको आजदेखि भैरहवामा सुरु भएको १० औं जिल्ला अधिवेशनको अवसरमा बोल्दै पौडेलले मिसन ८४ भनेकै एमालेको बहुमतको सरकार भएको दाबी गरे । ुनयाँ आवस वा पुरानो आवस कसैले केही गर्दैन, काम गर्ने एमालेलेनै हो । मुलुको समृद्धिका लागि एमालेसँग योजना छ ।ु( पौडेलले भने ।

उपाध्यक्ष पौडेलले एमाले रुपन्देहीलाई सहमतीमा नेतृत्व चयन गर्न निर्देशन गरेका छन् । चुनावले सबै कुराको समाधान गर्न नसक्ने बताउँदै उनले सहमतिमा अघि बढ्न नर्देशन गरेका छन् । त्यस्तै पार्टीका सचिव तथा पूर्वमन्त्री छविलाल विश्वकर्माले मुलुकमा भएको उपलब्धीको जग र आधार एमाले भएको दावी गरे । उनले एमाले जनताको आशा र भरोसाको पार्टी भएको बताए ।
एमाले सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पदमा अर्यालले मुलुकको विकासको बाधक राजनीतिक अस्थिरता भएको बताइन् । उनले मुलुकको राजनीतिक कोर्स परिवर्तन भएको बताइन् ।पार्टीका पोलिटव्यूरो सदस्य तथा रुपन्देही इञ्चार्ज दल बहादुर रानाले जनप्रतिनिधि र पार्टी कार्यकर्ताबीच समन्वय र सहकार्य बढाउनुपर्ने बताए ।एमाले पोलिटव्यूरो सदस्य तथा लुम्बिनी प्रदेशका निर्वतमान अध्यक्ष लिला गिरीले एमालेविरुद्ध तमाम पार्टीको गठबन्धन हुँदा पनि एमाले सफल भएको दावी गरे । पार्टीको लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले एमाले सबैभन्दा ठूलो र लोकप्रिय पार्टी भएको बताए ।

प्रकाशित : २३ जेष्ठ २०८१, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६