प्रदेश

१०१ बर्षको उमेरमा उहाँको निधन भयो




कपिलवस्तु, २४ जेठ ।

हिमलाल शर्मा र बसुन्धरा शर्माका नाति, खेतुलाल शर्मा र नर्मदा शर्माका पाँचभाइ छोराहरूमध्ये काईँला पुत्र निमानन्द शर्मा पोख्रेलको जन्म वि. सं. १९८० माघ १७ गते प्यूठान जिल्लाको हालको मल्लरानी गा वि स को चौरपानी ग्राममा भएको थियो । युवा अवस्थामा उहाँ राणा विरोधी आन्दोलनमा सक्रीय हुनुहुन्थ्यो । उहाँ एउटा सचेत व्यक्तित्व हुनुहुन्थ्यो । धार्मिक, सामाजिक, मृदुभाषी वौद्धिक व्यक्तित्व निमानन्द शर्मा एउटा सम्मानित व्यक्ति हुनुहुन्थ्यो । पछि उहाँ पूर्वोत्तर भारतको आसाम राज्यको तिनसुकिया शहरमा हालको इन्डियन अयल कर्पोरेसनको जागीरमा लाग्नुभयो र स्थानान्तर भई डिगबोई शहरमा नोकरीको बाँकी समय व्यतीत गर्नुभयो ।


सन् १९८४ मा नोकरीबाट अवकाश प्राप्त गरेपछि कपिलवस्तु जिल्लाको कोपवामा स्थायी बसोवास गर्नुभयो ।
डिगबोईमा रहँदा उहाँ सामाजिक कार्यमा अत्यन्त सक्रीय हुनुहुन्थ्यो । उक्त शहरमा आजपर्यन्त सक्रीय रहेको नेपाली समुदायद्वारा स्थापित तथा संचालित विष्णुमन्दिर कमिटीमा अवकाश नहोउन्जेलसम्म विभिन्न पदमा रही काम गर्नुभयो । उक्त कमिटीमा उहाँलाई अहिले पनि श्रद्धापूर्वक सम्झना गर्ने गरिन्छ । प्रख्यात साहित्यकारहरू भविलाल लामिछाने, अकादमी साहित्य पुरस्कार विजेता युद्धवीर रानाहरू उहाँलाई आदरपूर्वक पितातुल्य ठानी स्मरण गर्दछन् । विष्णु मन्दिर कमिटीमा स्व. हरिभक्त कटुवाल, स्व. अग्नीबहादुर क्षेत्रीहरू सहकर्मी थिए । उहाँले आफ्नो सम्पूर्ण जीवन समाजसेवामै लगाइरहनुभयो । यसबापत उहाँ विष्णु मन्दिर कमिटि, त्यहाँका नेपाली तथा गैह्रनेपाली जनसमुदाय तथा कपिलवस्तुका विभिन्न संघ संस्थाहरूबाट पनि अभिनन्दित हुनुभएको थियो ।


वहाँकी धर्मपत्नी र चार छोराहरू छन् । यही २०८१ जेष्ठ १२ गते १०१ बर्षको उमेरमा उहाँको निधन भयो ।
वहाँका चार पुत्रहरूमध्ये जेठा छोरा हरिहर शर्मा देशका वरिष्ठ कलाकार हुनुहुन्छ । अभिनयमा अहिले पनि क्रियाशील उहाँ नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सचिव, साँस्कृतिक संस्थाथानका पूर्व महाप्रबन्धक तथा संगीत तथा नाट्य प्रज्ञा प्रतिंष्ठानका पूर्व उपकुलपति हुनुहुन्छ । माईला छोरा गोपालचन्द्र शर्मा सरकारी विद्यालयका अवकाशप्राप्त शिक्षक हुनुहुन्छ । साईँला छोरा राम शर्माले समाज कल्याण परिषद्को निर्देशक पदबाट अवकाश प्राप्त गरिसक्नु भएको छ । कान्छा छोरा मुकुन्दराज शर्मा लिटिल एन्जल्स स्कुलका प्रिन्सिपल, सुपरिचित निबन्धकार तथा गीतकार पनि हुनुहुन्छ ।

प्रकाशित : २४ जेष्ठ २०८१, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६