प्रदेश

एमाले रुपन्देही आर्थिक पारदर्शितामा ए ग्रेडमा



भैरहवा, २४ जेठ ।

नेकपा एमाले रुपन्देहीको आय ब्यय विवरण पारदर्शीता भएको केन्द्रिय लेखा आयोगले जनाएको छ । केन्द्रीय लेखा आयोगका उपाध्यक्ष बिष्णु पन्थीले देशभरीका जिल्ला कमिटीको मुल्यांकन गरि पुरस्कृत गर्ने त्यस मध्ये रुपन्देही ए ग्रेडमा पर्ने गरेको बताएका छन् ।

नेकपा एमाले रुपन्देहीको १० औं जिल्ला अधिबेशन ७९/८० सालको लेखा परिक्षण प्रतिबेदन प्रस्तुत गर्दै पन्थीले लेखा परिक्षण कार्यबिधी २०८०बमोजिम सम्पन्न गरिएको बताए ।

हामीले सबै तल देखि माथी सम्मको हिसाब निर्बाचन आयोगलाई बुझाउंछौं । पन्थीले भने, तल जिल्ला कमिटी सम्मको हिसाब बुझाउंछौं । “अरु पार्टीले बुझाउंदैनन । केही भएपनी एमालेको जस्तो पारदर्शीता छैन ।”

अनिबार्य लेखा हिसाब हुने गरेको बताउंदै पारदर्शिताका लागि नेकपा एमालेले लेखा परिक्षण गर्ने गरेको पन्थीले बताए ।

पार्टीको हिसाब किताब र स्कुलिङ पनि नेकपा एमालेमा राम्रो हुनेगरेको उपाध्यक्ष पन्थीले बताए । जिल्ला कमिटीले स्वंय लेखा हुन्छ भने अन्तिममा केन्द्रिय लेखा आयोगले गर्ने पन्थीले बताए ।

नेकपा एमाले रुपन्देहीको केन्द्रिय लेखा आयोगका सचिब शिव हरि अधिकारी, सदस्य बद्री भट्टराई, र सदस्य मोहन राज रेग्मीले लेखा परिक्षण गरेका थिए ।

प्रकाशित : २४ जेष्ठ २०८१, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६