प्रदेश

डढेलोले दुई हजार २० हेक्टर वन नष्ट



तम्घास, २४ जेठ । गुल्मीमा दुई हजार २० हेक्टर वन क्षेत्र डढेलो कारण नष्ट भएको छ । जिल्लाका विभिन्न १२ वटै स्थानीय तहका सामुदायिक वनहरूमा लागेको डढेलोका कारण दुई हजार २० हेक्टर वन क्षेत्र नष्ट भएको डिभिजन वन कार्यालय गुल्मीका सूचना अधिकारी राजन कुँवरले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्लाका १२ वटै स्थानीय तहमा कूल दुई हजार २० हेक्टर सामुदायिक वन क्षेत्र डढेलोका कारण नष्ट भएको कार्यालयले जनाएको छ । विशेषगरी मानवीय लापरबाहीका कारण डढेलो लाग्ने गरेको छ । वन क्षेत्रमा आगो लगाउने रेसुङ्गा नगरपालिका सातका दुई जनालाई पक्राउ गरी प्रहरी कार्यालयमार्फत अदालतमा पेस गरिएको र उनीहरू अहिले जिल्ला कारागार कार्यालय गुल्मीमा पुर्पक्षका लागि थुनामा रहेको कुँवरले बताउनुभयो ।

पछिल्लो समयमा पानी परेकाले अब डढेलो लाग्नो सम्भावना कम भएको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ । गत वर्ष जिल्लामा दुई हजार २०८ हेक्टर वन क्षेत्र डढेलोका कारण नष्ट भएको थियो ।

वन डढेलो र आगलागी हुन नदिनका लागि डिभिजन वन कार्यालय गुल्मीले प्रचारप्रसार र सन्देशमूलक जानकारीहरू गराउँदै आएको जनाएको छ । स्थानीय रेडियो, पत्रपत्रिका, टेलिभिजनहरुमार्फत् वन डढेलो र यसका असर बारेमा सन्देशमूलक सूचनाहरू प्रकाशन र प्रसारण गर्दै आएको कार्यालयले जनाएको छ ।

वनमा आगो निभाउने क्रममा मृत्यु भएका ११ जनाले पाएनन् राहत

२०६६ साल वैशाख १२ गते हस्तिचौर सामुदायिक बनमा लागेको आगो निभाउने क्रममा साबिकको वडा नं ३ का ५ जनाको घटना स्थलमा नै ज्यान गयो । यसरी ज्यान जानेहरूमा रामलाल घिमिरे, अमरबहादुर कुँवर, देबकली खत्री, सीता कुँवर, धनकली खत्री रहेका छन् ।

यस्तै, साबिकको बडागाउँ गाविसको तिलेहार सामुदायिक बनमा २०६६ साल वैशाख ५ गते आगो निभाउने क्रममा घाइते भई उपचारको क्रममा वैशाख १० गते बडागाउँ ८ का गोपाल सुनारको ज्यान गयो । २०७२ साल चैत्र २९ गते धैरेनी सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा मलायगिरी गाविस वडा नं १ का कमल खड्काको कृतीपुर अस्पतालमा उपचारको क्रममा २०७३ साल वैशाख ११ गते ज्यान गयो । यस्तै २०७३ साल वैशाख १७ गते दोहोली गाविस जलुकी खोला वनमा लागेको आगो निभाउने क्रममा वडा नं ५ का तुलसी लामा गुरुङको घटना स्थलमै ज्यान गयो भने सोही आगो निभाउने क्रममा गम्भीर घाइते भएका वडा नं ६ का लोकबहादुर गुरुङको उपचारका लागि पाल्पा लैजाने क्रममा बाटोमा ज्यान गयो ।

२०७३ साल वैशाख १८ गते वडागाउँ गाविस वडा नं १ को कर्लाम सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा मेयरसिंह रास्कोटीको ज्यान गएको छ । यस्तै घरबाट नुहाउन भनी हिँडेकी धुर्कोट गाउँपालिका ७ वाग्लाकी ९ वर्षकी बालिका सङ्गीता कुँवरको स्थानीय धाराखोली बले सल्लाघारी सामुदायिक वनमा लागेको डढेलोका कारण ज्यान गएको छ। उनीहरूको आश्रित परिवारलाई सामान्य राहत प्रदान भएपनि उनीहरूले नेपाल सरकारको तर्फबाट विशेष राहत भने पाउन सकेका छैनन् ।

डिभिजन वन कार्यालय गुल्मीले सबै अभिलेख विभागमा पठाएको र केही राहत नआएको वन अधिकृत पङ्कज ठाकुरले बताउनुभयो ।

प्रकाशित : २४ जेष्ठ २०८१, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६