प्रदेश

अनधिकृत रूपमा औषधि बिक्री गर्ने दुई जना बुटवलबाट पक्राउ



बुटवल, २४ जेठ । बुटवलमा अनधिकृत रूपमा औषधि बिक्री गर्ने दुई जनालाई जिल्ला अनुगमन समितिले नियन्त्रणमा लिएको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–३, रानीगाउँबाट बिहीबार संयुक्त जिल्ला अनुगमन समितिले दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा आयशा फार्मेसीका दीप केवट र विनायक फार्मेसीका रामहरि आचार्यलाई नियन्त्रणमा लिइएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले जानकारी दिए ।

आयशा रामनरेश प्रसाद मल्लाह र विनायक तारा भण्डारीको नाममा दर्ता रहेका फार्मेसी हुन् । अर्कैको नाममा दर्ता भएपनि केवट र आचार्यले आफ्नो अध्ययनभन्दा बाहिर गएर औषधि जस्तो नागरिकको स्वास्थ्यसँग सम्बन्धित विषयमा खेलबाड गरेको पाइएपछि नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको अर्यालले बताए ।

अनुगमन समितिले उक्त क्षेत्रमा रहेका होटेल तथा रेस्टुरेन्टमा समेत अनुगमन गरेको थियो । अनुगमनका क्रममा नवीकरण नभएका, मूल्य सूची अपडेट नगरिएको र सरसफाइमा ध्यान नदिएको पाइएपछि सुधार गर्न निर्देशन दिइएको उनले बताए । यस्तै नवीकरण नभएका होटेल तथा रेस्टुरेन्टलाई समेत एक हप्ताभित्र नवीकरण गर्न निर्देशन दिइएको अर्यालले बताए ।

प्रकाशित : २४ जेष्ठ २०८१, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६