प्रदेश

देवदहमा प्राचीन इनार भेटिएको दाबी



रुपन्देही, २४ जेठ । रुपन्देहीको देवदहमा प्राचीन इनार भेटिएको छ । बुद्धको मावली कोलिय गणराज्यको दरबार क्षेत्र दाबी गरिँदै आएको देवदहस्थित खयरडाडाँमा साढे तीन फिट गहिरो इट्टाको प्राचीन इनार भेटिएको हो ।

देवदह नगरपालिकाको आर्थिक सहयोगमा लुम्बिनी विकास कोष र पुरातत्त्व विभागले जेठ १६ गतेदेखि सुरु गरेको उत्खनन्‌का क्रममा पूर्ण आकारमा रहेको प्राचीन इट्टाको इनार भेटिएको लुम्बिनी विकास कोषले दाबी गरेको छ ।

२ मिटर चौँडाइ र साढे ३ मिटर गहिरो इट्टाको प्राचीन इनार भेटिएको लुम्बिनी विकास कोषका वरिष्ठ पुरातत्त्व अधिकृत हिमालकुमार उप्रेतीले जानकारी दिए । ‘गत वर्ष इनारको माथिल्लो भाग मात्रै भेटिएको थियो, यो वर्ष इनारको बेस तल्लो भाग भेटिएको छ’ उप्रेतीले भने ।

उप्रेतीका अनुसार प्राचीन इनार भए पनि कुन समयको हो भन्ने अझै यकिन भैसकेको छैन । इनारको दक्षिणतर्फ प्राचीन पर्खाल र भग्नावशेषहरू भेटिएको उप्रेतीले बताए । देवदहका स्थानीयहरूले भने बुद्धको मावलीको दरबार नै यहाँ रहेको दाबी गर्दै आएका छन् ।

प्राचीन कोलिय राज्यका क्षेत्रहरूमा निरन्तर उत्खनन् अध्ययनको आवश्यकता रहेको पुरातत्त्व विभागका अधिकृत राजेश परियारले बताए । उनले खयरडाँडामा उत्खनन्‌बाट प्राप्त ऐतिहासिक तथ्य र प्रमाणलाई अध्ययन गरी आगामी दिनमा थप कदमहरूअगाडि बढाउने बताए ।

कोषका अधिकृत उप्रेतीको नेतृत्वमा पुरातत्त्व अधिकृत परियार, लुम्बिनी विकास कोषका नमराज अधिकारी, चन्द्रप्रकाश पाठक, अन्तर हुसेन मुसलमान र विज्ञका रूपमा शुभेच्छा पोख्रेल उत्खननमा खटिएका छन् । उत्खनन् अझै एक महिना चल्ने जनाइएको छ ।

प्रकाशित : २४ जेष्ठ २०८१, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६