प्रदेश

विद्युत समस्या समाधानका लागि मन्त्रीको ध्यानाकर्षण



खजुरा, २४ जेठ । नेपालगन्ज उद्योग वाणिज्य सङ्घले नेपालगन्जको अनियमित विद्युत सेवाबाट उत्पन्न समस्या समाधानका लागि लुम्बिनी प्रदेश सरकारका ऊर्जा, जलस्रोत तथा सिचाइमन्त्री कृष्णा केसी ‘नमुना’ को ध्यानाकर्षण गराएको छ ।

नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्कबहादुर धामीले नेपालगन्जमा अनियमित विद्युतका कारण उद्योगी, व्यवसायी तथा सर्वसाधारणले दुःख खेपिरहेको भन्दै समस्या समाधान गर्न आग्रह गर्नुभयो । उहाँले देश लोडसेडिङ मुक्त भइसक्दा पनि नेपालगन्जमा अनियमित विद्युत आपूर्तिबाट नेपालगन्जवासी मारमा परेको बताउनुभयो ।

ऊर्जा मन्त्री ‘नमुना’ समक्ष विद्युतको समस्या समाधानका लागि वाणिज्य सङ्घले नीतिगत, कानुनी, विद्युतका भौतिक पूर्वाधार विकास गरेर समाधानका लागि तत्काल गर्नुपर्ने र दीर्घकालीन रूपमा गर्नुपर्ने विभिन्न बुँदाहरू समेटिएका मागसहितको ध्यानाकर्षण पत्र पेस गरेको छ ।

ध्यानाकर्षण पत्रमा प्रसारण–सब प्रसारण लाइन र वितरण लाइनमा उपयुक्त साइजको क्यापासिटर जडान गरेर गर्मीको समयमा भोल्टेज सुधार गर्नुपर्ने, जाडो मौसमको तुलनामा गर्मी मौसममा विद्युत मागको अनुपात चार गुणा बढी हुने हुँदा सम्पूर्ण वितरण प्रणाली सुदृढीकरण गरी माग सम्बोधन गर्ने व्यवस्था मिलाउनुपर्ने उल्लेख छ ।

उर्जामन्त्री ‘नमुना’ ले तत्कालीन र दीर्घकालीन गरी दुई वटा योजना बनाएर नेपालगन्जको विद्युत समस्या समाधानका लागि पहल गर्ने बताउनुभयो । उहाँले तत्काल भोल्टेजमा सुधारका लागि ट्रान्सफर्मर जडानलगायतका अन्य कामहरू गरिने र दीर्घकालीन रूपमा पावर हाउसको क्षमता विकासका लागि काम गर्ने बताउनुभयो ।

प्रकाशित : २४ जेष्ठ २०८१, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६