अर्थ-वाणिज्य

नगरको विकासमा सहकारी क्षेत्र महत्वपूर्ण योगदान : नगर प्रमुख अर्याल



कपिलवस्तु, २४ जेठ ।नगरको विकासमा सहकारी क्षेत्रको महत्वपूर्ण योगदान रहेको बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले बताउनु भयो । नगर प्रमुख अर्यालले नगरको आवधिक योजनामा समावेश भएका विषयलाई सुक्ष्म ढंगले कार्यान्वयनमा जोड दिएको बताउनु भयो । प्रमुख अर्यालले नगरपालिका भित्र सहकारी क्षेत्रबाट अर्थपूर्ण योगदान पुगेको चर्चा गर्दै सहकारीसंगको दीर्घकालिन नीतिगत रुपमै आफुहरुले सहकार्यमा जोड दिएको स्पष्ट पार्नु भयो । नगर प्रमुख अर्यालले नगरपालिकाको आ.व. २०८१।०८२ को नीति कार्यक्रमका सन्दर्भमा सहकारी, टोल विकास संस्थाका प्रतिनिधीहरुसंगको अन्तरक्रिया तथा सुझाव संकलनका निम्ति आयोजित कार्यक्रममा यस्तो धारणा राख्नु भएको हो ।

त्यस्तै प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनेले वातावरण मैत्री विकासमा जोड दिने बताउदै स्थानिय श्रोत, साधनको उचित प्रयोगबाट उपलब्धी हासिल गर्नेमा जोड दिने धारणा राख्नु भयो । प्रमुख प्रशासकिय अधिकृत मरासिने प्रविधीको उपयोग संगै नीति, विधी प्रक्रियालाई चुस्त ढंगले अगाडी बढाउने धारणा राख्नु भयो । अन्तरक्रिया कार्यक्रम नगर प्रमुख चक्रपाणी अर्यालको अध्यक्षता, सहकारी शाखा प्रमुख संजुदेवी आचार्यको संचालनमा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख रिता कुमारी चौधरी, सहकारी संस्थाका अध्यक्ष, प्रतिनिधी, टोल विकास संस्थाका अध्यक्ष प्रतिनिधी लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित : २४ जेष्ठ २०८१, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६