ब्रेकिंग न्युज

क्रियाशील पत्रकारको सदस्यता सुनिश्चित गर्नका लागि महासंघको मुल गेटमै ताला



कपिलवस्तु,२२जेठ । नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाको मुलगेटमा ताला बन्दी भएको छ । नयाँ सदस्यता बितरणमा अधिकांस सकृय पत्रकार छुटेको, शुद्दीकरण अभियानमा भएका त्रुटि सच्चाई क्रियाशिल पत्रकारलाई समावेस गर्नु पर्ने र केन्द्र प्रदेश र जिल्ला शाखाको निर्वाचनको सुनिश्चित गर्न तालाबन्दी गरिएको प्रेस चौतारी कपिलवस्तुका कार्यबाहक अध्यक्ष बाबुराम रायमाझिले बताउनु भयो ।
प्रेस चौतारि, प्रेस सेन्टर, दलित पत्रकार समाज, आदिवासी जनजाति पत्रकार संघ, थारु पत्रकार संघ लगायतले।साझा धारणा राख्दै बिहिवार तालाबन्दी गरेका हुन । संयुक्त विज्ञप्ति जारी गरि पत्रकार महासंघ जिल्ला शाखा अध्यक्ष किरणमान बज्राचार्यलाई हस्तान्तरण गरि माग पूरा नहुँदा सम्म आन्दोलन जारी हुने प्रेस सेन्टर कपिलवस्तु उपाध्यक्ष भुपाल थापाले बताउनु भयो ।
नयाँ सदस्यता प्रदान गर्दा सकृयता पुर्वक पत्रकारिता गरिएका १ दर्जन बढी पत्रकारलाई विभेद गरीएकोले कृयाशिल पत्रकारको सदस्यता सुनिश्चित हुनु पर्ने नयाँ सदस्यता संघर्ष समितिका संयोजक सुशील ग‌ैरेले बताउनु भयो । तालावन्दी कार्यक्रममा दलित पत्रकार संघ कपिलवस्तु जिल्ला अध्यक्ष शम्भु बि।क।ले सदस्यतामा गरिएको आदिवासि जनजाति, महिला, दलित, प्रति गरिएको बिभेद असहनिय रहेको बताउनु भयो । महासंघको कार्यालयमा यश अगाडि प्रगतिशिल पत्रकार संघको नेतृत्वमा प्रेस युनियन, प्रेस मन्च, मधेसी पत्रकार समाजले सदस्यताको विषयलाई लिएर ताला बन्दी गरेका थिए ।

प्रकाशित : २४ जेष्ठ २०८१, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६