अर्थ-वाणिज्य

कपिलबस्तुका अर्याल सहित ३ सदस्यको नियुक्तीसंगै प्रदेश योजना आयोगले पायो पूर्णता




कपिलवस्तु २५ जेठ ।कपिलवस्तुका पेशातले इन्जिनियर समेत रहेका जीवन अर्याल सहितका ३ जना सदस्य नियुक्त भएसंगै लुम्विनी देश योजना आयोगले पूर्णता पाएको छ । प्रदेश मन्त्रिपरिषद्को बिहिवार बसेको बैठकले प्रदेश योजना आयोगको रिक्त सदस्य पदहरुमा तीन जनालाई नियुक्त गरेपछि आयोगले पूर्णता पाएको हो ।अघिल्लो प्रदेश मन्त्रिपरिषद् बैठकले उपाध्यक्षमा सरोज खनाललाई नियुक्त गरेको थियो । एक उपाध्यक्ष सहित तीन जना सदस्य रहने व्यवस्था छ । जस अनुसार यस अघि नै उपाध्यक्ष नियुक्त भइसकेको योजना आयोगमा थप तीन जना सदस्य नियुक्त भएपछि आयोगले पूर्णता पाएको छ ।

प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको सदस्यमा घोराही उपमहानरपालिका निवासी भुवन चौधरी, भरतपुर उपमहानगरपालिका निवासी नुमा शर्मा र कपिलवस्तु निवासी जीवन अर्याललाई नियुक्त गरिएको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री दिनेश पन्थीले जानकारी दिए । नियुक्त भएका सदस्य मध्ये अर्याल कपिलवस्तु नगर पालिका १ नयाँ टोलका वासिन्दा हुन । उनी सिद्धार्थ नगर नगरपालिका भैरहवामा कार्यरत छन् । पिनको प्रदेश तथा केन्द्रिय नेतृत्व गरिसकेका इन्जिनियर अर्याल पछिल्लो समय काठमाडौ महानगरपालिकामा प्राविधिक सल्लाहकारका रुपमा समेत कार्यरत छन् ।

मुख्मयन्त्री जोखबहादुर महराको अध्यक्षतामा बसेको बैठकले प्रदेश सरकारको संगठन व्यवस्थापन तथा मुल्यांकन समिति गठन गर्ने निर्णय गरेको छ । यस्तै शहरी विकास तथा खानेपानी मन्त्रालयका बाँकी रहेका जिल्लाहरुमा कार्यालय स्थापना गर्ने गरेको सरकारका प्रवक्ता पन्थीले जानकारी दिए ।मन्त्रिपरिषद् बैठकले आर्थिक बर्ष २०८०/०८१ को चैत मसान्त सम्म योजना आयोगबाट स्वीकृत लिएर आर्थिक मामिला तथा योजना मन्त्रालयमा दर्ता भएर सहमति लिएका बहुबर्षीय योजनाहरुलाई जेठ मसान्त सम्म अगाडी बढाउने समेत निर्णय गरेको छ ।

प्रकाशित : २५ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६