अर्थ-वाणिज्य

आर्थिक केन्द्र बिन्दु बुटवलमा अव २४ घण्टा नै वजार सूचारु




बुटवल, २५ जेठ । बुटवलमा अव २४ घण्टे वजार सेवा शुरु भएकोछ । यो संगै रात्री कालिन वजारको सुविधावाट नागरिक लाभान्वित हुने भएका छन् । यसको पछिल्लो केहि विवरणहरु हेरौ । मिलनचोकका अभिषेक भारी अधिकास ट्राफिक चोकको ठेलामा कफी पिउन जान्छन । साथीभाईसंग चोकमा बसेर कफी पिउदा आनन्द मिल्ने उनी बताउछन । ‘दिनभर काम सकेर साझ केही समय भएपनि साथीभाईसंग बस्दा थकान कम हुन्छ उनले भने । धेरै पहिले बुटवलको ट्राफिक चोकमा रातभरी नै बजार चलेको उनलाई स्मरण छ । साझको समय धेरै युवाहरू जाडोमा कुकुर कफी र गर्मीमा लस्सी पिउन यहाँ आउने गर्छन । पश्चिम र पूर्वका सवारीहरू रोक्ने मुख्य नाका नै कुनै समय यो चोक थियो ।

कालिकानगरका दिपक कार्की ट्राफिक चोकमा पकौडा र माछाको परिकार खाएको स्मरण गर्छन । ‘सडकमै मिठो परिकार पाईन्थ्यो ।’—उनि भन्छन । विकाससंगै अहिले यहाको बजारको चहलपहल घटेको उनको तर्क छ । दिनभर काम गर्ने मान्छेलाई रातीको समयमा घुम्न पाउनु धेरै राम्रो हुने उनि बताउँछन् ।

प्लान बि का संचालक जिवकान्त काफ्ले अहिले ठुला लगानीका धेरै सेवा उद्योगहरू धरापमा रहेको बताउँछन । यस क्षेत्रमा प्लान बि स्थापना हुदा ८२ जनालाई रोजगार दिएको भन्दै पछिल्लोसमयमा आर्थिक मन्दीका कारण ठुलो मारमा परेको दुखेसो गरे । ‘मासिक १२÷१५ लाख रूपैया खर्च धान्न कठिनाई भएको छ ।’—उनले भने । कर्मचारी कटौती गरेर १८ जनामा सिमित गर्नुपरेको उनले बताए ।

दुई दशक लामो समयदेखी रूपन्देही बुझेका रामचन्द्र अर्याल ट्राफिक चोकमा धेरै पहिलेदेखी रात्रीकालिन बजार रहेको बताउबँछन । कुनै समय रात्री बसमा बुटवल आउदा यही चोकमा बिहान ३ बजे झरेर कफी पिएको उनि सम्झना गर्छन । हाल रूपन्देही जिल्ला प्रशासन कार्यालय भैरहवामा सहायक प्रमुख जिल्ला अधिकारी रहेका अर्यालले अब समयसापेक्ष बैज्ञानिक रात्रीकालिन बजार संचालन गर्नुपर्नेमा जोड दिन्छन । ‘पहिलेभन्दा शहरीकरण बढेको छ, न्युनतम आधारभुत आवश्यकताहरू पुरा गर्नुपर्छ ।’—उनले भने । रात्रीकालिन बजारको सम्भावना रहेको भन्दै उनले यसका लागि मुख्य ३ कुराहरूमा ध्यान दिनुपर्ने बताए । ‘पहिलो कुरा सुरक्षा, दोस्रो विधि र तेस्रो कुरा लगानीकर्ता यसका कारक हुन ।’—उनले भने । बैज्ञानिक र विधिसम्वत रूपमा रात्रिकालिन बजार संचालन भएको रूपन्देही पहिलो भएको समेत उनले दाबी गरे । ‘२०७९ सालमा कानुन निर्माण भई ५६ वटा मापदण्डहरू पुरा गर्नुपर्ने प्रावधान राखेर यहा रात्रीकालिनको स्वीकृति दिएका हौ ।’—उनले भने ।

रात्रीकालिन बजार संचालनका लागि कार्यविधिमा नै ३ समुहमा समयावधि तोकिएको छ । पहिलो रात्री ११ बजे, दोस्रो १ बजेसम्म र तेस्रो भनेको होल नाईट खोल्न पाउने प्रावधान हो । अहिले किराना पसलहरू पनि राती ११ बजेसम्म खोल्न स्वीकृति दिएको उनले बताए । यसबाहेक क्लब, डिस्को, लाउन्चलाई राती १ बजेसम्म र कफि, बेकरी बिक्रि गर्ने पसलहरू भने होल नाईट खोल्न पाउने ब्यवस्था रहेको उनले बताए । नेपालको ठूलो र सिमाबाट नजिकको शहर बुटवल भएको हुदा पनि यहा रात्रीकालिन बजार चलाउदा आर्थिक चलायमान हुने सम्भावना रहेको उनी बताउँछन ।

रूपन्देही जिल्ला प्रशासन कार्यालयका प्रमुख गणेश अर्यालले रूपन्देहीलाई पर्यटनबाट नै आर्थिक चलायनमान गराउन सकिने सम्भावना रहेको बताए । न्युनतम मापदण्ड पुरा गरेर रात्रीकालिन बजार चलाउनुपर्ने उनले सुझाव दिए । न्युनतम मापदण्ड भित्र सिसिटिभि, सडकको अवस्था, प्राईभेट सेक्युरिटी, नजिकको सेक्युरेटीको दुरि, पार्किङको अवस्था, बत्तिको अवस्था, चेकजाच आवश्यक हुने उनले बताए । छिमेकी भारतबाट आउने पर्यटकलाई लक्षित योजना अघि बढाउनुपर्ने उनको सुझाव छ । रात्रीकालिन ब्यवस्थित गर्दै लैजान आफु तयार रहेको उनले बताए । ‘प्रशासनको स्वीकृति र सुरक्षाको पाटोमा तयार छौ ।’—उनले भने । नेपाल भारतको सिमा नाका बेलहिया १० बजे पछि सिमा बन्द हुने गर्दछ । त्यो खुला गर्ने कुरा समेत आफुले प्रक्रिया अगाडि बढाएको उनले बताए ।

रात्रिकालिन सेवा केवल होटल र रेष्टुरेन्ट मात्र नभई यससंग जोडिएका अन्य सबै ब्यापार ब्यवसाय खोल्न जरुरी रहेको उनले बताए । कतिपय किराना पसल, फेन्सी सबै खोल्ने वातावरण जरुरी रहेको उनले बताए ।‘पहिलो चरणमा एक स्थानबाट शुरुवात गरौ उनले भने । कतिपय पालिकाहरूबाट आआफ्नो ढंगमा रात्रिकालिन संचालनको स्वीकृति दिने घोषणा गरेकोप्रति आपत्ति जनाउदै यो काम प्रशासन भएको बताए । यसका लागि आवश्यक पुर्वाधार विकासको काम स्थानिय पालिकाको भुमिका रहने उनको तर्क छ । सिमा क्षेत्रमा पर्यटकको सुविधा हुने गरि बिस्तार सेवा एकिकृत चेक जाँचको ब्यवस्था गर्न लागेको उनले बताए । यसैगरि हप्ताको ६ दिन राती ११ बजेसम्म र शुक्रबार एक दिन रातीको १२ बजेसम्म खोल्ने प्रावधानलाई कार्यान्वयन गर्ने गरि पहल भैरहेको उनले बताए ।

यसैबिच विहिबार रूपन्देही होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघको अगुवाईमा रूपन्देहीका ब्यवसायीक संघसंस्थाहरूले जिल्ला प्रशासन कार्यालयमा अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले रात्रीकालिन बजार संचालन गर्न सकिने सम्भावना रहेको बताए । निजि क्षेत्रको लगानीमा खुलेका होटल, लाउन्च क्याफे, डान्सबार, रेष्टुरेन्टलाई न्युनतम मापदण्ड पुरा गरि रात्रीकालिन चलाउन दिने विषयमा आफुहरू तयार रहेको उनले बताए । स्थानिय सरकारबाट केन्द्रीय कार्यविधिलाई नकाटिने गरि कानुन बनाएर अघि बढाउन उनले आग्रह गरे ।कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्यालले आर्थिक मन्दीको मारमा परेको बजार उकास्न रात्रिकालिन बजार एउटा विकल्प मानिएको बताए । कतिपय अवस्थामा शान्ति सुरक्षामा मानविय व्यवहार प्रति संवेदनशिल हुन जरुरी देखिएको उनले बताए । रात्रिकालिन बजारका लागि नागरिकस्तरमा संयन्त्र तयार गरेर जादा राम्रो हुने उनको तर्क छ ।

कार्यक्रममा संघका महासचिव अर्जुन थापाले बुटवलका ३ क्षेत्रमा रात्रिकालिन बजारमार्फत आर्थिक चलायमान बनाउने गरि अवधारणा तयार गरेको बताए । रूपन्देही होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघको अगुवाईमा स्थानिय सरकार, सुरक्षा निकाय, प्रशासनसंग समन्वय गरि आवश्यक न्युनतम आधार पूरा गरि सेवा संचालनको तयारीमा रहेको उनले बताए । बुटवलको कालिकापथ, अमरपथ र ट्राफिक चोक क्षेत्रलाई रात्रिकालिन चलाउन सकिने आवश्यक पुर्वाधार अहिले तयार रहेको उनले बताए । धरासायी पर्यटन ब्यवसायलाई उकास्न रात्रीकालिन बजार उत्तम बिकल्प भएको उनले दाबी गरे ।

कार्यक्रममा संघका सल्लाहकार माधव नेपालले अहिलेको कठिन समयमा पर्यटन ब्यवसायलाई केही हदसम्म राहत मिल्ने हुदा सबै संघसंस्थाहरू एकजुट भएर लागेको बताए । रात्रिकालिन समयलाई १ बजेसम्म संचालनको पहल गर्न सके धेरै राहत मिल्ने उनको तर्क छ ।
कार्यक्रममा रूपन्देही जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रन्जित सिह राठौरले अहिले स्वीकृति लिएका होटलहरूमा सुरक्षा दिन सफल भएको बताए । संचालकहरू अब प्रविधिमा जोड दिनुपर्ने उनको तर्क छ । सुरक्षा चुनौती मुख्य भएको भन्दै उनले क्लब र रेष्टुरेन्टबाट निस्केपछि झैझगडा, दुर्घटना हुने समस्या धेरै देखिएको बताए । ‘यसकारण पनि चेकजाच बढी गर्दै आएका छौ ।’—उनले भने । आर्थिक चलायमान हुने राम्रो सम्भावना हुदा यसमा सकारात्मक भएको भन्दै संचालन पुर्वाधारमा भने ध्यान दिन जरुरी रहेको उनले बताए ।
कार्यक्रममा संघका अध्यक्ष लेखनाथ भण्डारीले युवा पलायन रोक्दै रोजगार सृजना गर्ने उपयुक्त बिकल्प रात्रीकालिन भएको दाबी गरे । स्थानिय पालिकाबाट उज्यालो शहर अन्तरगत चोकचोकमा हाईमास लाइट जडानसंगै सरोकारवाला निकायहरूका बिचमा सहकार्यमा न्युनतम पुर्वाधारलाई पुरा गरि औपचारिक रूपमा शुरुवात गर्ने तयारीमा रहेको उनले बताए । प्याकेज र मनोरन्जनात्मक कार्यक्रममा जोड दिएको उनले बताए ।

प्रकाशित : २५ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६