प्रदेश

तिनाउ खोलामा नुहाउन गएका भारतीय युवकको डुबेर मृत्यु



बुटवल, २६ जेठ । पाल्पाको तिनाउ गाउँपालिका झुम्सास्थित तिनाउ खोलामा डुबेर शनिबार एक युवकको ज्यान गएको छ । अन्य दुई जना साथीहरूसँगै खोलामा नुहाउन गएका ती युवक डुबेपछि उद्धार गरी उपचारका लागि बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएको थियो ।

अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा भारतको कानपुर जिल्लाका ३५ वर्षीय फहिम अहमद रहेका छन् ।

दिउँसो करिब १२ बजे खोलामा गएका अहमद पानीमा डुबेपछि उनीसँगै गएका दुई जना साथीहरूले उद्धार गरेका थिए । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २६ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६