खोज–अनुसन्धान

शिक्षकको डिएनए परीक्षण गर्नेकाम रोक्न मन्त्री सुमनालाइ आग्रह



कपिलवस्तु ३० जेठ ।पूर्वशिक्षामन्त्री तथा नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले शिक्षा मन्त्रालयले शिक्षकलाई अनावश्यक कडाइ गरेकोप्रति विरोध गरेका छन्।मंगलबार प्रतिनिधिसभामा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्त्रालयको बजेटमाथिको छलफलमा बोल्दै उनले शिक्षकको डिएनए परीक्षण गर्नुभन्दा पनि शिक्षकलाई खुसी बनाउने गरी काम गर्नुपर्ने बताएका हुन्।

‘शिक्षकको डिएनए परीक्षण गरेर हिँड्ने कुरा राम्रो भएन, शिक्षकलाई खुसी बनाउने, दरबन्दीको व्यवस्था गर्ने, शिक्षकलाई तालिम दिएर समक्ष बनाएर कक्षामा पुर्‍याउने हो भने मात्रै शिक्षा सुधार गर्न सकिन्छ,’ उनले भने, ‘आंशिक र करार शिक्षकको विवादको टुंगो लगाउनेतिर शिक्षामन्त्रीले चासो दिनुपर्छ।’

हाल शिक्षा क्षेत्रमा पेन्डिङ समस्याको चाङ भएकोले त्यसको हल गर्न शिक्षामन्त्री सुमना श्रेष्ठको ध्यानाकर्षण गराए। उनले पढ्दै कमाउँदै, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम क्यान्सिल गर्नु उचित नभएको बताउँदै पारदर्शी बनाउँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए।

प्रकाशित : ३० जेष्ठ २०८१, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६