प्रदेश

बाणगङ्गामा ४ जना नयाँ कुष्ठरोगी फेला



बाणगङ्गा, ३१ जेठ । बाणगङ्गा नगरपालिका वडा नं. ५ कोपवा स्वास्थ्य चौकीमा विहीबार छाला रोग तथा कुष्ठरोग खोजपड्ताल शिविर सम्पन्न सम्पन्न भएको छ । शिविरमा २ सय ३३  जनाले निशुल्क चेकजाँच तथा परार्मश लिएका छन् । जसमा महिला १ सय ६२ र पुरुष ७१ जनाले चेकजाँच गराएका हुन् । शिविरमा ४ जना नयाँ कुष्ठरोगी फेला परेका छन् । यस्तै  ४५ वर्ष नाघेका १ सय ४५ जनाले निशुल्क जाँच गराएका छन् ।  स्वास्थ्य शिविर सञ्चालनका समय र पैसको बचत भएको भन्दै स्थानीय भने हर्षित भएका छन् ।

वडामा कुष्ठरोगका बिरामी पत्ता लगाएर यसलाई नियन्त्रण गर्ने उद्देश्यले यो शिविर सञ्चालन गरिएको कोपवा स्वास्थ्य चौकी प्रमुख जीवन खनालले बताउनुभयो ।  

यता वाणगङ्गामा अहिले २३ जना कुष्ठरोगका बिरामी रहेको नगरको स्वास्थ्य शाखाले जनाएको छ । शिविरमा छाला कुष्ठरोगका विरामी मात्रै नभई पे्रसर, सुगर लगाएतका अन्य बिरामीहरूलाई पनि निशुल्क चेकजाँच, परामर्श सेवा  तथा औषधी प्रदान गरिएको छ । शिविरमा पिपरा अस्पतालका मेसु तेजेन्द्र प्रसाद चौधरी , जनस्वास्थ्य निरीक्षक हिमलाल घिमिरे, राजु सुनारी लगायतको टोलीले चेकजाँच गरेको हो । भने स्वास्थ्यकर्मी पुनम रोकाहा, रैमती गर्भुजा , गीता आचार्य, संगीता पाण्डे लगायतले चेकजाँचमा सहयोग गर्नुभएको थियो ।

शिविरको औपचारिक उद्घाटन कार्यक्रम वडा नंं ५ का वडा अध्यक्ष दुनिका भुसालको अध्यक्षता, नगर उपप्रमुख रिता कुमारी चौधरीको प्रमुख आतिथ्यता, प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीको विशिष्ट आतिथ्यमामा सम्पन्न भएको हो । यस्तै स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेल, ईलाका प्रहरी कार्यलय कोपवाका प्रमुख महेश प्रसाद पन्त, जनप्रतिनिधी, टोल विकास संस्थाका प्रतिनिधि,  समाजसेवी बुद्धिजीवी स्थानीय लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सि अहेव अग्नि भेष गौतमको सञ्चालनमा सम्पन्न भएको हो ।  

प्रकाशित : ३१ जेष्ठ २०८१, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६