प्रदेश

पाल्पा दरबार परिसरमा धमाधम काम



तानसेन, ३१ जेठ । ऐतिहासिक पाल्पा दरबार परिसरलाई पुरानै स्वरूपमा पुनर्निर्माण गर्ने काम भइरहेको छ । दरबार परिसरलाई ऐतिहासिक पर्यटकीय स्थलका रूपमा विकास गर्ने उद्देश्यका साथ पुराना पर्खाल, मूलढोका तथा गेट निर्माणको काम भइरहेको हो ।

दरबार परिसरभित्र ढुङ्गा बिछ्याउने, पर्खाल लगाउने, मूलढोका बनाउने काम भइरहेको छ । पुरातत्व विभाग, तानसेन नगरपालिका र लुम्बिनी प्रदेश सरकारले ऐतिहासिक पाल्पा दरबार परिसरमा लगानी गरेर काम गरिरहेका छन् ।

तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाका भाइ बद्रीनरसिंह कुँवरले तानसेनमा रहँदा विसं १९११ देखि १९३० मा मूलढोका निर्माण गर्न लगाएका थिए । सोही बेला बनेका मूलढोका, पर्खाल तथा आँगन बनाउने काम भइरहेको हो । त्यतिबेलाको सुरक्षा नीति अनुसार बनेको ऐतिहासिक संरचनाको स्वरूप नबिग्रने गरी बनाइएको तानसेन नगरपालिकाले जनाएको छ ।

पाल्पा दरबारको बाहिरपट्टि कडा चट्टानको पर्खाल बनाउने काम भइरहेको छ । विसं १९११ ताका सुरक्षालाई ध्यानमा राख्दै दरबार परिसर वरिपरि एकरडेढ मिटर चौडा कडा चट्टानको वाल (पर्खाल) लगाइएको थियो ।

नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले सोही पर्खालको आकार तथा स्वरूपमा केही परिवर्तन गरेर पुरातत्व विभाग र लुम्बिनी प्रदेश सरकारले पुनर्निर्माणको काम गरिरहेको बताउनुभयो । तानसेन नगरपालिकाका इन्जिनियर रामप्रसाद श्रेष्ठले पर्खाल र ढुङ्गा बिछ्याउने काम चालु आर्थिक वर्षको असार मसान्तभित्र सक्ने गरी भइरहेको जानकारी दिनुभयो । पर्खाल लगाउने काममा एक महिना ढिला भए पनि समयमै काम सक्ने योजना रहेको श्रेष्ठले बताउनुभयो ।

यस्तै दरबार परिसरभित्र र बाहिर ढुङ्गा छाप्ने काम भइरहेको छ । तानसेन नगरपालिकाले चालु आवमा ४१ लाख र लुम्बिनी प्रदेश सरकारको ५० लाख दरबार परिसरबाहिर र भित्र ढुङ्गा बिछ्याउने काम असारभित्रै सक्ने योजना छ ।

मूलढोका बनाउन सुरु

दरबार परिसरभित्रको मूलढोका बनाउने काम सुरु भएको छ । पुरातत्व विभागको ८१ लाख ९५ हजार रुपियाँमा शीतलपाटीमा रहेको ऐतिहासिक मूलढोका बनाउन सुरु गरेको हो । मूलढोकाको अधिकांश संरचना पुरानै सामग्री प्रयोग गर्ने गरी निर्माणको काम थालिएको तानसेन नगरपालिकाले जनाएको छ ।

मूलढोका नेपालकै सबैभन्दा पुरानो ठुलो ढोका मानिन्छ । राणाकालमा बनेको ऐतिहासिक मूलढोका अहिले जीर्ण बनेको थियो । ऐतिहासिक दरबार क्षेत्रलाई पर्यटकीय स्थलका रूपमा विकास गर्ने गरी गत २०८० वैशाखमा यहाँका ५७ घरटहरा भत्काइएपछि धमाधम पुनर्निर्माणको काम भइरहेको हो ।

प्रकाशित : ३१ जेष्ठ २०८१, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६