काठमाडौ ३१ जेठ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले स्वचालित प्रणाली ल्याई ८९ विदेशी उद्योग दर्ता भएको बताएका छन्। कार्यभार सम्हालेको १०० दिन पुगेको अबसरमा बिहीबार आफ्नो प्रगति विवरण सुनाउँदै यसलाई आधार बनाई आगामी दिनमा काम गर्ने बताए। मन्त्री भण्डारीले मुख्य रूपमा उद्योग दर्ताको अटोमेटिक रूट सञ्चालन र स्टार्टअप कर्जाकोलागि १८३ परियोजना छनोट रहेको बताएका छन्। उनले अनुसार स्टार्टअप कर्जाकोलागि १८३ परियोजना छनोट भएको बताए।
९ वटा रूग्ण उद्योग सञ्चालन गर्ने मोडालिटी तयार पारिएको उनले जानकारी दिए। गोरखकाली रबर उद्योग, बुटवल धागो कारखान र हेटौडा कपडा उद्योगलाई प्रथमिकता दिएको मन्त्री भण्डारीले सुनाए।१०० दिनमा स्थानिय मदिरा ब्रान्डलाई प्रोत्साहन गरिएको र दैलेखमा २५८ मिटर खनि पेट्रोलियम पदार्थको अन्वेशण गरिएको उनले जिकिर गरे। मन्त्री भण्डारीले आगामी दिनमा ५ दलको साझा कार्यक्रम, सरकारको नीति तथा कार्यक्रम र बजेटको आधारमा काम गर्ने बताए।
३१ जेष्ठ २०८१, बिहिबार
प्रतिक्रिया