अर्थ-वाणिज्य

असार १ गतेदेखि लुम्बिनी प्रादेशिक अस्पतालमा अनलाइन टिकेट सेवा शुरु




बुटवल ३२ जेठ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ओपीडी सेवाका लागि अनलाइन टिकेटिङ सेवा सञ्चालनमा आउने भएको छ । अस्पतालमा असार १ गतेदेखि अब घरमै बसेर अनलाइन माध्येमबाट सेवाग्राहीले टिकेट काट्न सक्ने छन् ।यो सुविधा अन्तरगत सेवाग्राहीले अस्पतालको मोवाइल एप तथा इन्टरनेट ब्राउजरमा गई अस्पतालको वेवसाइटबाट अनलाइन टिकट काट्न सक्नेछन् । उपचारका लागि आफूले भेट्नुपर्ने ओपीडी शाखा ९विभाग० छनोट गरी आफूले चाहेको मितिका लागि निःशुल्क रुपमा टिक काट्न सक्ने व्यवस्था गरिएको छ । यो सेवालाई केही समयका लागि परीक्षणकालका रुपमा प्रयोग गर्ने र सफल भएपछि नियमित रुपमा थप व्यवस्थित गर्दै लैजाने योजना रहेको अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा। इन्द्र ढकालले जानकारी दिए । अस्पतालमा टिकटकै लागि सेवाग्राहीले घण्टौंसम्म लाइनमा बस्नु पर्ने बाध्यतालाई अन्त्य गर्न र सेवालाई थप गुणस्तर बनाउन अनलाइन सेवामा जान लागिएको उनले बताए ।

अस्पतालको स्वास्थ्य सेवालाई थप गुणस्तर र समयसापेक्ष प्रविधिको प्रयोग गरी सहज पहुँचमा ल्याउनका लागि थप सुविधाहरु बिस्तार गर्दै जाने मेसु ढकालले बताए । अस्पतालले सुरु गर्न लागेको अनलाइन टिकट सेवामा बीमा सेवा लिनेहरुका लागि भने तत्काल व्यवस्था रहेको छैन । उनीहरुलाई पनि बिस्तारै समेट्नेगरी योजनामा रहेको ढकालले जानकारी दिए । अस्पतालमा दैनिक २ हजारदेखि २५ सय जनसम्म सेवाका लागि अउने गर्दछन् ।

यसैगरी अस्पतालमा नियमित औषधी सेवनका लागि आउने बिरामीहरुलाई मध्येनजर गरी विहान ८ बजेदेखि नै रिफिल सेन्टर सञ्चालनमा आउने भएको छ । यसअघि विहान १० बजेदेखि सेवा सञ्चालन हुँदै आएकोमा असार १ गतेदेखि नियमित औषधी सेवा गर्ने बिरामीहरुले ८ बजे नै अस्पतालमा आएर औषधी सेवा लिन सक्ने अस्पतालका प्रशासकीय प्रमुख राजन केसीले जानकारी दिए ।

प्रकाशित : १ असार २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६