कृषि

आचार्य तेश्रो कार्यकाल कालागि बौद्ध विश्वविद्यालयको रजिस्ट्रारमा पुन नियुक्त




कपिलवस्तु ३२ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले डा।तिलकराम आचार्यलाई लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिस्ट्रारमा नियुक्त गरेका छन् । उनी तेस्रो कार्यकालका लागि रजिष्ट्रारमा नियुक्त भएका हुन् । रजिष्ट्रार छनोटका लागि राष्ट्रिय योजना आयोगका सदस्य डा।रमेश पौडेलको अध्यक्षतामा गठित तीन सदस्यीय समितिको सिफारिसका आधारमा कुलपतिसमेत रहेका प्रधानमन्त्री दाहालले उनलाई नियुक्त गरेका हुन् । रजिष्ट्रारका लागि मध्यपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति प्रा।डा। उपेन्द्र कोइराला र प्रा।डा। पुष्कर बज्राचार्यको पनि सिफारिस भएको थियो ।रजिष्ट्रारका लागि आवेदन दिएका ९ जनामध्ये आचार्यको नाम पहिलो नम्बरमा राखेर सिफारिस समितिले प्रधानमन्त्रीलाई सिफारिस गरेको थियो ।

प्रकाशित : १ असार २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६