खोज–अनुसन्धान

विकासँगसँगै नजोडिने कार्यकर्ता नेता बन्न सक्दैनन : पौडेल




बुटवल,३२ जेठ । नेकपा एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकास र राजनीतिलाई सँगसँगै लैजानुपर्ने बताएका छन् । एमाले रुपन्देहीको १० औं अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको शपथग्रहण तथा पदस्थापन कार्यक्रममा बोल्दै उपाध्यक्ष पौडेलले अब सबै नेता कार्यकर्ताहरु विकाससँग जोडिदै जानुपर्ने बताएका हुन् ।उनले नवनिर्वाचित कार्यसमितिलाई एकताबद्ध भएर काम गर्न पनि निर्देशन दिँदै अधिवेशनले पार्टीको जीवनमा नयाँ जोश सञ्चार गरेको जनाए ।गुण र दोष दुबै थाहा पाएका आफ्नै कमरेडलाई एकआपसमा दोषारोपण गरेर होइन, हरेकले गुणलाई आत्ससात गरेर कमिटीलाई चलायमान बनाउन कार्यकर्तालाई उनले सुझाव दिए ।
एमाले पोलिटब्युरो सदस्य लिला गिरीले नेकपा एमालेका नेता कार्यकर्ता उत्पादनसँग जोडिनुपर्ने बताए । पोलिटब्यूरो सदस्य दधिराम न्यौपानेले पार्टीलाई जीवन्त बनाउन हरेक कमिटी चलायमान बनाउनुपर्ने र त्यो जिम्मेवारी जिल्ला कमिटीले पूरा गर्नुपर्ने बताए ।पार्टीका प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कंडेलले अबको नेतृत्वले थप कुशलतापूर्वक काम गर्नुपर्ने सुझाव दिए । पार्टीका नवनिर्वाचित अध्यक्ष यज्ञ गैरे, निवर्तमान अध्यक्ष तेजेन्द्र केसीलगायतले पार्टीको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाएका थिए । जेठ २३ देखि २५ गतेसम्म भएको अधिवेशनबाट रुपन्देहीमा सबै पद सर्वसम्मत निर्वाचित भएको थियो ।

प्रकाशित : १ असार २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६