अन्तर्राष्ट्रिय

टी–२० विश्वकपः दक्षिण अफ्रिकाले नेपाललाई दियो एक सय १६ रनको लक्ष्य




असार १ ।
आईसीसी टी–२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले नेपाललाई जितका लागि एक सय १६ रनको लक्ष्य दिएको छ । वेस्ट इन्डिजको किङ्सटाउनमा टस हारेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय १५ रन बनायो । उसका रिजा हेन्ड्रिक्सले सर्वाधिक ४३ रन बनाए ।

नेपालका कुशल भुर्तेलले चार र दीपेन्द्रसिँह ऐरीले तीन विकेट लिए । नेपालले केहीबेरमा ब्याटिङ थाल्नेछ । समूह ‘डी’ मा दक्षिण अफ्रिका ३ खेलमा ६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । दक्षिण अफ्रिका सुपर–आठमा पुगिसकेको छ ।

नेपाल २ खेलमा १ अङ्कसहित चौथो स्थानमा छ । ‘सुपर–८’ मा पुग्ने सम्भावना कायमै राख्न नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ । नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो । नेपालले दिएको १ सय ७ रनको लक्ष्य नेदरल्यान्ड्सले ८ बल बाँकी छँदा ४ विकेट गुमाएर भेटाएको थियो ।

यस्तै श्रीलङ्कासँगको दोस्रो खेल वर्षाले रद्द भएपछि अङ्क बाँडिएको थियो । दक्षिण अफ्रिकाले पहिलो खेलमा श्रीलङ्कालाई ६ विकेटले हराएको थियो । यस्तै दक्षिण अफ्रिकाले दोस्रो खेलमा नेदरल्यान्ड्सलाई ४ विकेट र तेस्रो खेलमा बङ्गलादेशलाई ४ रनले हराएको थियो ।

आयोजक अमेरिका र वेस्ट इन्डिजसहित भारत, अस्ट्रेलिया, अफगानिस्तान र दक्षिण अफ्रिका प्रतियोगिताको सुपर–आठमा पुगिसकेका छन् ।

प्रकाशित : २ असार २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६