प्रदेश

लुम्बिनी प्रदेश मानव सूचकांकमा देशकै कमजोर



लुम्बिनी प्रदेश मानव सूचकांकमा देशकै कमजोर अवस्थामा रहेको देखिएको छ । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य निर्देशनालयको तथ्यांकले यस्तो देखाएको छ । निर्देशनालयका सहाय निर्देशक मान बहादुर वलिले लुम्बिनीमा मानव सूचाकांक अन्य प्रदेशमा भन्दा कमजोर रहेको बताए । उनका अनुसार लुम्बिनी प्रदेशमा प्रत्येक २ बालबालिका मध्ये १ मा रक्त अल्पता देखिएका थिए । लुम्बिनी प्रदेशमा कुल जनसंख्याको ३१ प्रतिशत बालबालिका रहेका छन् । जुन मध्ये ४९ प्रतिशतमा रक्तअल्पता देखिएको छ । बालबालिका सहित प्रजनन् उमेर समूहका महिलाहरूमा समेत गम्भीर रक्तअल्पता देखिएको छ । उनीहरूमा ४४ प्रतिशतमा रक्तअल्पता देखिएको छ । त्यसै रक्तअल्पतासँगै बालमृत्यु, कुपोषण, मातृ मृत्युदर बढी रहेको छ भने, गरिबी, बालबिबाहको अवस्था उच्छ रहेको छ । जसमा लुम्बिनीमा वालमृत्यु ३४% र मातृ उच्छ रहेको छ । एकलाख मध्य २ सय ७ जना महिलाले मृत्युवरण गर्दै आएका छन ।

उक्त प्रदेशमा कुपोषणको अबस्था पनि जटिलता देखिएको छ । कुल बालबालिका मध्री ६४% बालबालिकामा कुपोषण देखिएको छ । २५% पुडकापन, १६% ख्याउटे,२३% कम तौलका देखिएको तथ्यांकमा उल्लेख छ । कुल बिबाहमध्य १४% बालबिबाह भएका कारण ८% किशोरी मृत्यु दर समेत बढेको देखिन्छ । लुम्बिनीमा अन्य प्रदेश भन्दा धेरै गरिबी कुल जनसंख्या मध्री २४% गरिबी रहेको छन भनेऔशत आयु समेत कम ६९% रहेको तथा ५९% मानिस स्वास्थ्य उपचारका लागि खल्तिवाट पैसा खर्चंदै आएको निर्देशनालयको डाटाले देखाएको छ ।
मानव सुचाङक कमजोर भएका कारण स्वास्थ्यका सबै इन्डिकेटरहरू अन्य प्रदेशमा भन्दा निक्कै कमजोर अबश्थामा रहेको स्वास्थ्य निर्देशनालय सहायक वलिले बताए । लुम्बिनीमा स्वाथ्य सस्थामा प्राप्त दरबन्दी अभाव , प्राप्त उपकरणको कमि भएका कारण मानव सुचाङक खस्किएको बताउदै सुधार नभए नेपाल सरकारले लिएको दिगो लक्ष्य प्रभावित हुने बताए ।नेपाल सरकारले २०३० सम्म मानव सुचाङक इन्डीकेटरमा सुधार ल्याउने रणनीतिका साथ काम भएको जनाएको छ ।

दिगो बिकाशको लक्ष्य अनुसार सन २०३० सम्म मात्री मृत्युदर प्रतिहजार ३० बाल मृत्युदर प्रतिहजार २० देखि १२ र कुपोषण १०% झार्ने लक्ष्य लिएको छ । बिगो बिकाशको लक्ष्य अनुरूप काम गर्ने लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले प्रदेशका सबै पालिकालाइ स्वास्थ्यको क्षेत्रम कुल बजेटको १०% रकम बिनियोजन गरिदिन आग्रह गरेको हो ।बिहिवार लमहीमा स्वास्थ्य मन्त्रालयको आयोजनामा प्रदेशको स्वास्थ्य सुधारका लागि जनप्रतिनिधि, स्वास्थ्यकर्मी बिछ अन्तरक्रिया गर्दै स्वास्थ्य सचीव बासुदेब उपाध्यक्षले सबै यस्तो आग्रह गरे । प्रदेशका स्वास्थ्य मन्त्री दिपेन्द्र पुनले तिनवटै सरकार बिचको समन्वय र जिम्मेवारी नभएको कारण स्वास्थ्य क्षेत्र जटिलता थपिएको बताउँछन् । उनले अब दिगो बिकाश लक्ष्य प्राप्तिका लागि मानव सुचाङकमा सुधार आउने गरि काम गर्न राजनैतिक दल ,कर्मचारी र नागरिक संबेदनसिल बन्न जरुरी रहेको बताए । शिक्षामा धेरै सुधार आएको बताउदै स्वास्थ्य सुधारका लागि पालिकाले कम्तिमा १० प्रतिशत बजेट स्वास्थ्यमा बिनियोजन गर्न आग्रह गरे ।

प्रकाशित : २ असार २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६