प्रदेश

होटल तथा पर्यटन व्यवसायी संघः उर्खमाउलो गर्मिमा चिसो लस्सी वितरण




कपिलवस्तु, ०२ असार ।
अत्यधिक गर्मीका कारण तराईका जिल्ला सहित देशभरको जनजीवन प्रभावित बनेको छ । प्रचण्ड गर्मीको यो समयमा होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुले उदारणिय कार्य गरेको छ । होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुले चार नम्बर जितपुर चोकमा निशुल्क चिसो लस्सी वितरण गरि पुनित कार्य गरेको हो । आज चार नम्बर जितपुरमा रहनुभएका सम्पुण नागरिक, बस, विंगरमा यात्रा गरेका नागरिकहरु गरि ११ सय बढीलाई निशुल्क लस्सी वितरण गरिएको होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुका अध्यक्ष रबिन्द्र पौडेलले जानकारी दिनुभयो । चार नम्बर चोक क्षेत्रमा विभिन्न कामले हिडडुल गर्ने तथा व्यवसाय संचालन गरेका व्यवसायी, विभिन्न सवारी साधनका चालक, सहचालक, अटोरीक्साका चालक, यात्रु गरि ११ सय भन्दा बढीलाई ताजा, सफा र चिसो लस्सी वितरण गरिएको संघका बरिष्ठ उपाध्यक्ष झिमलाल सापकोटाले जानकारी दिनुभयो ।

लस्सी पिउँदै गमीले तिर्खाएर आएका नागरिकले पुनित र धार्मिक कार्य गरेकोमा संस्थालाई धन्यवाद ज्ञापन गरेका थिए । उनीहरुले यो अत्याधिक गर्मीमा निशुल्क लस्सी पिउँन पाउँदा केहि समय शितलता प्रदान भई राहत मिलेको बताए ।

कार्यक्रमका प्रमुख अतिथि बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणि अर्यालले संस्थाले मौसम अनुसार समय सापेक्ष कार्यक्रम गरेको बताउनुभयो । कार्यक्रमको उद्घाटन गर्दै मेयर अर्यालले संघले निकै महत्वपुर्ण र प्रत्यक्ष नागरिकले सेवा पाउने कार्यक्रम गरेकोमा धन्यवाद दिनुभएको थियो ।

कार्यक्रमका अध्यक्ष तथा संघका अध्यक्ष रबिन्द्र पौडेलले संघले होटल तथा पर्यटन व्यवसायीहरुको हक हितमा कार्य गरिरहेको भन्दै हाल अत्याधिक गर्मीका कारण यो कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले संघले स्थानीय स्रोत र साधनको प्रयोग गरि विगत देखिनै सीपमुलक, क्षमता विकास तालिम संचालन गरि स्वरोजगार र रोजगारीका अवसर प्रदान गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुका बरिष्ठ उपाध्यक्ष झिमलाल सापकोटा, उपाध्यक्ष यादव चुंदाली, सचिव महादेव पोख्रेल, सदस्यहरु निम प्रसाद थापा, नवराज पौडेल, युवराज पन्थ लगायत बाणगंगाका होटल तथा पर्यटन व्यवसायीहरुको उपस्थिती रहेको थियो पत्रकार हरि आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित : ३ असार २०८१, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६