प्रदेश

रुपन्देहीमा ११५ बोरा अवैध प्याज बरामद



बुटवल, ०२ असार । रुपन्देहीमा १ सय १५ बोरा अवैध प्याज बरामद गरिएको छ । आइतबार बिहान सशस्त्र प्रहरीले करिब ५ हजार ७ सय ५० केजी प्याज बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डन्डा रुपन्देहीबाट खटिएको टोलीले ओमसतिया गाउँपालिका–४ स्थित वसन्तपुरबाट उक्त प्याज बरामद गरेको हो ।

भारतबाट अवैध रूपमा नेपाल ल्याएर गोदाम गरी राखेको अवस्थामा प्याज बरामद गरिएको जनाइएको छ । उक्त प्याज करिब २ लाख ३० हजारको रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीका अनुसार बरामद गरिएको प्याज भन्सार कार्यालयमा बुझाउने तयारी गरिएको छ ।

प्रकाशित : ३ असार २०८१, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६