प्रदेश

लुम्बिनी र सुदुरपश्चिम प्रदेश प्रमुखबिच भेटघाट




बुटवल , २ असार । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन र सुदुरपश्चिम प्रदेश प्रमुख नजिर मियाँबिच आइतबार बुटवलको प्रदेश प्रमुख कार्यालयमा शिस्टाचार भेटघाट भएको छ ।


सुदुरपश्चिम प्रदेश प्रमुख नियुक्त भएपछि पहिलोपटक लुम्बिनी प्रदेश प्रमुखको कार्यालयमा आउनुभएका मियाँलाई प्रदेश प्रमुख शेरचनले खादा लगाइदिएर स्वागत गर्नुभयो ।


सो अवसरमा सुदुरपश्चिम प्रदेश प्रमुख मियाँले लुम्बिनी प्रदेश प्रमुखको स्वास्थ्य स्थितिबारे जानकारी लिनुहुदै स्वास्थ्य लाभको कामना गर्नुभएको थियो ।


भेटघाटका क्रममा दुबै प्रदेश प्रमुखबिच प्रदेश प्रमुखको कार्यालय संचालनका बारेमा अनुभव आदानप्रदान भएको थियो । सो अवसरमा लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश संचालन गर्न प्रदेश सरकारले नै आवश्यक जनशक्ति उत्पादन गर्नुपर्ने आवश्यकता औंलाउनुभयो ।


भेटघाटमा लुम्बिनी प्रदेश प्रमुखको कार्यालयका कर्मचारी र दुबै प्रदेश प्रमुखको सचिवालयको टोलिको समेत सहभागिता रहेको थियो ।

प्रकाशित : ३ असार २०८१, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६