प्रदेश

लुम्बिनी प्रदेशको बजेटः प्राथमिकतामा कृषि,उद्योग, पर्यटन र स्वास्थ्य



कपिलवस्तु, ०३ असार । लुम्बिनी प्रदेश सरकारले शनिबार ल्याएको आर्थिक वर्ष २०८१।८२ को बजेटले कृषि, उद्योग, पर्यटन र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको छ । त्यसै गरी बजेटले पूर्वाधार क्षेत्रको विकासका साथै तालिम, सिप विकास, आर्थिक सामाजिक सशक्तीकरण, विपन्न वर्ग क्षेत्रको विकासमा प्राथमिकता दिएको छ ।

बजेटले अधिकांश पुराना र साना आयोजना पूरा गर्न प्राथमिकता दिएको छ । लुम्बिनी प्रदेशका ५२ वटै प्रदेश निर्वाचन क्षेत्रमा एक बहुवर्षीय आयोजनाका लागि बजेट विनियोजन गरिएको छ ।

अर्घाखाँचीको नरपानीलाई ‘हिल स्टेसन’ का रूपमा विकास गर्ने, लुम्बिनीमा अर्को वर्ष विश्व बौद्ध शिखर सम्मेलन गर्ने, बुटवल–पाल्पा वैकल्पिक सडकका रूपमा बुटवलको धागो कारखानादेखि झुम्सा जोड्ने सडकका लागि बजेट विनियोजन गरिएको छ ।

यसै गरी रोल्पाको रन्टिगुढी (होलेरी), पाल्पाको ख्याहा, दाङ देउखुरीको देवीकोट, अर्घाखाँचीको नरपानी र नवलपरासीको महलपोखरीलाई पयर्टन प्रवर्धन गर्न ‘हिल स्टेसन’ का रूपमा विकास गर्न आवश्यक रकम छुट्याइएको छ ।

बजेटमा लुम्बिनीका महत्वपूर्ण पयर्टकीय गन्तव्यका रूपमा विकास गर्न प्युठानको स्वर्गद्वारी, गल्मीको रेसुङ्गा, अर्घाखाँचीको सुपादेउराली, दाङको पाण्डवेश्वर, बाँकेको वागेश्वरी र बफार्नी बाबाधामका लागि बजेट विनियोजन गरिएको छ ।

त्यसै गरी प्रदेशका दुई वटा पहाडी जिल्ला अर्घाखाँची र गुल्मी जिल्लालाई खोरेत रोगमुक्त जिल्ला घोषणा गर्न बजेट विनियोजन गरिएको छ ।

‘किसानको हात प्रदेश सरकारको साथ’ नारालाई अगाडि बढाउन बजेटमा कृषि क्षेत्रका लागि १० करोड ७२ लाख बजेट विनियोजन गरिएको छ ।

बजेटमा नयाँ उद्योग तथा व्यावसायिक फार्म दर्तामा लाग्दै आएको शुल्कमा ५० प्रतिशत छुट हुने व्यवस्था गरिएको छ । बजारको माग अनुरूप तथा प्रदेशको जिल्लागत उत्पादन सम्भावनाका आधारमा स्लेट ढुङ्गा, अल्लो, कम्बल, हातेकागज, बेतबाँस, पटेर, गुड, कफी तथा छालाजन्य वस्तुको उत्पादन तथा प्रशोधन गर्न सिप विकास तालिम तथा प्रविधि हस्तान्तरणमा बजेटले प्राथमिकता दिएको छ ।

लघु, घरेलु तथा साना उद्यमीलाई उद्यम सञ्चालन तथा विस्तारमा आवश्यक पुँजी परिचालनमा सहयोग पु¥याउन निजले लिएको ऋणमा लाग्ने ब्याज अनुदान दिने व्यवस्था गरिएको छ । लुम्बिनी प्रादेशिक अस्पताललाई विशिष्टीकृत अस्पतालका रूपमा विकास गर्ने बजेटमा उल्लेख गरिएको छ । जस अनुसार प्रदेश अस्पतालको नयाँ भवनका लागि एक अर्ब ८० करोड रुपियाँ बजेट विनियोजन गरिएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालकै लागि एमआरआई मेसिन खरिदका लागि १५ करोड रुपियाँ बजेट विनियोजन गरिएको छ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मातृशिशु सेवा युनिट निर्माण, नवजात शिशुको रूग्णता र मृत्युदर घटाउन बर्दिया अस्पताल, कपिलवस्तु अस्पताल, प्युठान अस्पताल, भीम अस्पताल भैरहवा, राप्ती प्रादेशिक र लुम्बिनी प्रादेशिक अस्पतालमा नवजात शिशु सघन उपचार एकाइको सुदृढीकरणका लागि बजेट विनियोजन गरिएको छ ।

मिर्गौला प्रत्यारोपण, मुटुको भल्भ र क्यान्सर रोगको उपचारमा सहुलियत कार्यक्रमलाई निरन्तरता दिनुका साथै विपन्न नागरिकलाई दम तथा ब्रोङ्काइटिसजन्य रोगको उपचारमा सहायता निरन्तरता दिन पाँच करोड ५० लाख रुपियाँ विनियोजन गरिएको छ ।

अपाङ्गता पुनस्र्थापना, प्रदेशस्तरीय नागरिक ग्राम स्थापना, लैङ्गिक हिंसा न्यूनीकरण, मानव बेचबिखन नियन्त्रण, हिंसापीडित महिलाको पुनस्र्थापना पनि बजेटको प्राथमिकतामा परेका छन् ।

कामको खोजीमा बिदेसिनुपर्ने अवस्थाको अन्त्य गर्नुका साथै कृषि, उद्योग, निर्माण, खानी, पर्यटनलगायतका क्षेत्रमा गाउँघरमै रोजगारी र स्वरोजगारीका अवसर जुटाइने बजेटमा उल्लेख गरिएको छ । प्रदेश सरकारको हरेक वर्षको बजेटमा समावेश हुँदै आएको लगानी सम्मेलनको विषय भने यो बजेटमा छुटेको छ ।

प्रकाशित : ४ असार २०८१, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६