कृषि

चट्याङ्ग लागेर विद्यालयका प्रअको निधन




पाल्पा ३ असार । जिल्लाको रैनादेवी छहरा गाउँपालिका ३ डाँडागाउँमा चट्याङ्ग लागेर एक जनाको निधन भएको छ । आइतवार राती परेको चट्याङ्ग लागेर स्थानीय ५६ वर्षिय विमल प्रसाद पन्तको निधन भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उहाँ जनप्रिय आ वि रैनादेवी छहरा ३ भुवनपोखरी डाँडागाउँका प्रधानाध्यापक समेत रहनु भएको थियो ।घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । उहाँको चट्याङ्ग लागेर उपचारको लागि लुम्बिनी मेडिकल कलेज ल्याइएको र डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेका थिए ।

प्रकाशित : ४ असार २०८१, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६