अर्थ-वाणिज्य

४ सुपर जिल्ला र सिमित मन्त्रीको जिल्लामा बजेटको बाढी, अन्यत्र खडेरी



कपिलवस्तु ३ असार । आर्थिक वर्ष २०८१/ ०८२ को अधिकांश बजेट प्रधानमन्त्री, मन्त्री र सत्ता साझेदार दलका शीर्ष नेताको गृहजिल्लामा केन्द्रित गरेको पाइएको छ ।बढी बजेट खर्च गर्नेमध्ये भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास, उर्जा, जलस्रोत तथा सिँचाइ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र खानेपानी मन्त्रालयको वार्षिक विकास कार्यक्रम केलाउँदा बजेट वितरणमा चरम असमानता तथ्य भेटिएको हो ।मुख्यगरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डुको गृहजिल्ला (चितवन) तथा निर्वाचन क्षेत्र गोरखा सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापा अर्थमन्त्री वर्षमान पुनको गृहजिल्ला रोल्पा र तालुकवाला मन्त्रीको जिल्लामा बजेट खन्याएको देखिन्छ ।आफ्नो गृहजिल्लामा बजेट खन्याउनेमा सबैभन्दा अगाडि उपप्रधानमन्त्री समेत रहेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ छन् ।अर्थमन्त्री पुनको रोल्पाले पनि मनग्गे पैसा पाउँदा शहरी विकास मन्त्री धनबहादुर बुढाले गृहजिल्ला डोल्पासँगै झापा र रोल्पामा पनि बढी बजेट खन्याएका छन्।यसक्रममा ५ वटा मन्त्रालयको वार्षिक विकास कार्यक्रम केलाएर विश्लेषण गरेको छ । आव २०८१र०८२ को बजेटलाई मसिनोसँग केलाउने क्रममा कृत्रिम बौद्धिकता (एआई)को समेत प्रयोग गरेको थियो ।
यस्तो छ, ५ वटा मन्त्रालयको बजेट विश्लेषण
महासेठको धनुषामा भौतिकको झन्डै ९ अर्बबजेट, झापा र गोरखामा पनि अर्बौं खन्याइयो।भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले गृहजिल्ला धनुषामा मात्रै ८ अर्ब ७७ करोड ४ लाख रुपैयाँ बजेट विनियोजन गरेका छन् ।मन्त्रालयको रातो पुस्तिकामा १४८ ठाउँमा धनुषा उल्लेख भएकोमा १४० वटा आयोजनाका लागि उक्त रकम विनियोजन गरेको पाइएको हो ।उनले आफ्नो संसदीय क्षेत्र धनुषा ४ र श्रीमती जुली महतोको संसदीय क्षेत्र धनुषा ३ मै अधिकांश बजेट खन्याएको देखिन्छ । महासेठले धनुषाका लागि सबैभन्दा बढी वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रमअन्तर्गत ४९ वटा आयोजनाका लागि ६ अर्ब ५३ करोड ५७ लाख रुपैयाँ विनियोजन गरेका छन् ।सडक सुधार आयोजनातर्फ महासेठले एउटा आयोजनामा ८ करोड ३३ लाखसहित स्थानीय सडक र पुल निर्माणतर्फ ४८ वटा आयोजनामा ३७ करोड ७६ लाख विनियोजन गरेका छन् । हुलाकी राजमार्गतर्फ पुल समेत गरी एउटै आयोजनामा ५८ करोड ८५ लाख बजेट विनियोजन गरिएको छ ।उनले रणनैतिक सडक र पुलको विस्तृत सम्भाव्यता अध्ययनअन्तर्गत ८ वटा योजना पारेका छन् ।
त्यसैगरी, औद्योगिक कोरिडोर व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत महासेठले सडक डिभिजन जनकपुरमा ४७ करोड ५५ लाख विनियोजन गरेका छन् । रणनीतिक सडक, पुल निर्माण तथा पुलेसा संरक्षणअन्तर्गत १६ योजनामा ११ करोड ८० लाख रुपैयाँ धनुषामा मात्रै विनियोजन गरेको देख्न सकिन्छ ।राजमार्ग स्तरोन्नति तथा पुनस्स्थापना कार्यक्रमअन्तर्गत धनुषाको जनकपुर ९मुजेलिया०(धनुषाधाम(धारापानी रामायण सर्किटमा ७ करोड ५० लाख, जमुनिवास(बटेश्वर(शान्तिपुर सडक खण्डमा ४ करोड, शान्तिपुर कुर्था(जनकपुर सडक खण्डमा ६ करोड रुपैयाँ विनियोजन गरिएको छ । ढल्केवर -जनकपुर(जटही, घोरघास निमचौर थलहीघाट अकराहर घाट सडकमा ८ करोड, लालागढ(रानीवास(विषमत(बाहुनमारा सडकमा ८ करोड ६२ लाख र कञ्चनवन(जानकी मेडिकल कलेज( मिथिलेश्वर( सवैला(नक्टाझिज(रामलक्ष्मण चोक(हेल्थपोस्ट सडकमा ७ करोड ५० लाख विनियोजन गरेका छन् ।
त्यसैगरी, वैकल्पिक सहायक राजमार्गअन्तर्गत बटेश्वर(राजापुर(घलेटोल सडकमा १० करोड, जटही(बहेरा(बेला तुल्सियाही(मुखियापट्टि(मुसहरनिया सडकमा १ करोड ७१२ लाख विनियोजन गरेका छन् ।स्थानीय सडक पुल निर्माणअन्तर्गत धनुषाको कचुरीदेखि नयाँ टोल कटरैत नदीमा पुल निर्माणमा ४० लाख, बिग्ही नदी पुल मुसहरनिया( ब्रह्मपुरी सडकमा १ करोड, डुमरिया खोला पुल, औरही जोगिमारा सडकमा १० लाख, जलाद नदी पुल, धनुषाको साविक दिगम्बरपुर वडा नम्बर ३ र हरिहरपुर ३ को बीचमा पुल निर्माणका लागि ३० लाख विनियोजन गरेका छन् ।मिथिलेश्वर, तारापट्टी चोकदेखि ललिया जाने बाटोमा कटनी नदी पुल निर्माणका लागि ८० लाख, नगराइन नगरपालिका( ६ को जमुनी नदीमा लगमा र महादेवपट्टी जोड्ने पुल निर्माणका लागि १ करोड, लोहना–बउहरवा–जल्लाद नदीमा पुल निर्माणका लागि १ करोड विनियोजन गरेका छन् ।सडक तथा ट्राफिक सुरक्षाअन्तर्गत धनुषामा २ करोड, राजमार्ग स्तरोन्नति तथा पुनस्स्थापना कार्यक्रमका लागि ८ वटा आयोजनामा ४७ करोड ८७ लाख विनियोजन गरेका हुन् । त्यसैगरी, उनले निर्वाचन क्षेत्र रणनैतिक सडकअन्तर्गत ८ योजनाका लागि १७ करोड ६४ लाख छुट्याएका छन् ।
ओलीको जिल्ला झापामा ९४ योजनाका लागि ६ अर्ब ७० करोड विनियोजन

त्यसैगरी, भौतिक पूर्वाधार मन्त्रालयको रातो किताबमा झापाको नाम १ सय ठाउँमा उल्लेख भएकोमा कुल ९४ आयोजनाका लागि ६ अर्ब ७० करोड ४५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।मदन भण्डारी राजमार्ग (बाहुनडाँगीदेखि रुपालसम्म) आयोजनाका लागि ९१ करोड, स्थानीय सडक पुल निर्माण योजनाअन्तर्गत २० योजनाका लागि १४ करोड ७५ लाख विनियोजन गरिएको छ ।सडक तथा ट्राफिक सुरक्षाका लागि झापामा ६५ लाख, राजमार्ग स्तरोन्नति तथा पुनस्स्थापना कार्यक्रमका लागि १५ करोड ७५ लाख, वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रमअन्तर्गत ३१ वटा आयोजनाका लागि ४० करोड ६५ लाख ३४ हजार विनियोजन गरिएको हो ।झापामा सबैभन्दा बढी काँकडभिट्टा(इनरुवा सडक खण्डका लागि ४ अर्ब ९६ करोड ७ लाख रुपैयाँ विनियोजन गरिएको छ । निर्वाचन क्षेत्र रणनीतिक सडकअन्तर्गत ६ वटा योजनामा १३ करोड २३ लाख र रेल योजना कार्यालयका लागि १ करोड ५० लाख विनियोजन गरिएको छ ।
प्रधानमन्त्री प्रचण्डले चुनाव जितेको गोरखामा डेढ अर्बभन्दा बढी बजेट

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डुको निर्वाचन क्षेत्र गोरखामा पनि १ अर्ब ५६ करोड रुपैयाँ विनियोजन गरिएको छ । सडक सुधार आयोजनाअन्तर्गत ११ किलो–छेपेटार–भालुस्वाँरा–बारपाक सडक आयोजनामा ४६ करोड रुपैयाँ विनियोजन गरिएको छ ।पुष्पलाल९मध्य पहाडी० राजमार्ग योजना कार्यालय गोरखामा ६६ करोड ८० लाख रुपैयाँ विनियोजन गरिएको छ । स्थानीय सडक पुल निर्माणअन्तर्गत ७ वटा आयोजनामा ११ करोड विनियोजन गरिएको छ ।त्यसैगरी, रणनीतिक वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रमअन्तर्गत गोरखा जिल्लामा ३२ करोड १७ लाख ३२ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
उक्त कार्यक्रमअन्तर्गत धावा(कोया भन्ज्याङ्ग(भीमसेनथापा ४ र २ जोड्ने सडकमा १ करोड २८ लाख २५ हजार, फलामे अवान्दा बिरुवाटर पालुङटार नगरपालिका ७ मा १ करोड, फिनाम्तौर–चैनपुर–भच्चेक सडकमा १ करोड २८ लाख २५ हजार, गोरखा जिल्ला पालुङटार(हर्मी(छोप्राक गाँखु(श्रीनाथकोटजौबारी(मुच्चोक सिम्जुङ्गघ्याच्चोक(बार्पाक वैकल्पिक सहायक राजमार्गमा १ करोड ६२ लाख विनियोजन गरिएको छ ।त्यसैगरी, अजिरकोट(सिरानडाँडा(ह्याचोक(धनसिरा(बार्पाक(लाप्राक सडक निर्माणका लागि १ करोड, गोरखा विमलनगर मौवाटार ठाँटीपोखरी केराबारी दूधपोखरी सडकमा २ करोड ६० लाख ३२ हजार विनियोजन गरिएको छ ।गोरखा नाम नलेखी पनि थुप्रै योजनाहरू पारिएको छ ।
अर्थमन्त्री पुनको जिल्ला रोल्पामा २७ करोडभन्दा बढी विनियोजन

रोल्पामा पनि भौतिक पूर्वाधार मन्त्रालयले २७ करोडभन्दा बढी विनियोजन गरेको छ । रोल्पा अर्थमन्त्री वर्षमान पुनको गृहजिल्ला हो ।रोल्पाको माडी खोला पुल र सारी खुङ्ग्री पुल निर्माणमा ८० लाख, पाछाबाङ्ग खोला पुल बागमारामा ५ लाख, तार्केबाङ माडी मोटरेबल पुल र लिवाङ(जकोट(भाबाङ्ग(तालाबाङ्ग हुँदै रांक जोड्ने सडकमा २५ लाख, गवार खोला रानीवासमा पक्की पुल निर्माण, होलेरीदेखि दाङ जोड्ने सडकमा १ करोड विनियोजन गरिएको छ ।त्यसैगरी, तार्केबाङ–माडी मोटरेवल पुल निर्माणमा १ करोड २० लाख, हुङरी खोला रिसबाङ( माडीचौर मोटरेबल पुल आयोजना रोल्पा( ९ मा ८० लाख, धैरनी खोला मोटरेवल पुल योजनामा ८० लाख विनियोजन गरिएको छ ।

रणनीतिक सडक, पुल निर्माण तथा पुलेसा संरक्षणअन्तर्गत लरिछेरा खोला पुल, शहीद मार्ग सडक चेनेज रोल्पामा ५० लाख, बीजीवी खोला पुलमा ५० लाख विनियोजन गरिएको छ ।त्यसैगरी, राजमार्ग स्तरोन्नति तथा पुनस्स्थापना कार्यक्रमअन्तर्गत भालुवाङ–लिवाङ–माडीचौर–दारबोट सडकको भालुवाङ–चकचके खण्डमा ४ करोड, रोल्पा–दारबोट खण्डमा ४ करोड, खरीबोट(टाटके–कोटवारा–पाटीहालना–वाँफुखोला हुँदै रोल्पा डलसिंगे खण्डमा १ करोड र चप्का–राङ्सी(भावाङ(जंकोट(माडीचौर सडकमा १ करोड विनियोजन गरिएको छ ।
धनबहादुरले डोल्पासँगै रोल्पा र झापामा पनि खन्याए बजेट
डोल्पाबाट निर्वाचित शहरी विकासमन्त्री धनबहादुर बुढाले आफ्नो मन्त्रालयबाट गृहजिल्लामा १ अर्ब ३१ करोड ७८ लाख बजेट छुट्याएका छन् ।आर्थिक वर्ष २०८१र०८२ का लागि शहरी विकास मन्त्रालयले जम्मा ९१ अर्ब ३५ करोड २३ लाखको सिलिङ पाएको थियो । त्यसमध्ये उनले सुरक्षित नागरिक आवास कार्यक्रम, सघन शहरी विकास कार्यक्रम, बसपार्क निर्माण, विभिन्न स्मृति प्रतिष्ठान र झोलुंगे पुल निर्माणसहितका शीर्षकमा आफ्नो जिल्लामा बजेट लागेका हुन् ।आर्थिक वर्ष २०८१र८२ को वार्षिक विकास कार्यक्रम पुस्तिकामा उनले विभिन्न शीर्षकमा १० लाखदेखि १० करोडसम्म बजेट छुट्ट्याएका छन् ।
उनले आफ्नो जिल्लामा छुट्याएको बजेटमध्ये त्रिपुरासुन्दरी नगरपालिकामा सघन शहरी विकास कार्यक्रमअन्तर्गत ५ करोड ५९ लाख छुट्याएका छन् भने ठूलीभेरीका लागि ३ करोड ५४ लाख छुट्याएका छन् ।त्यस्तै, छार्का ताङसोङ गाउँपालिकामा भवन बनाउन १५ लाख छुट्ट्याइएको छ भने ठूलीभेरीमा सभाहल बनाउन १ करोड ५३ लाख विनियोजन भएको छ ।मन्त्री बुढाले डीबी स्मृति प्रतिष्ठानका लागि ४० लाख आफ्नो जिल्लामा लगेका छन् ।विभिन्न ठाउँमा प्रतिष्ठान र भवनका लागि उनले विभिन्न शीर्षकमा ४१ करोड ८४ लाख छुट्याएका छन् ।उनले ठूलीभेरीस्थित एक्लेठेग झोलुंगे पुलका लागि ३० लाख छुट्याएका छन् भने अन्य ठाउँका झोलुंगे पुलहरूका लागि मात्र ३५ करोड हाराहरीमा बजेट छुट्टिएको छ ।कृषि सडक स्तरोन्नति, होमस्टे र मोटरबाटो निर्माणलगायत केही शीर्षकमा उनले ४ करोड ४० लाख छुट्याएका छन् । अन्य १८ ठाउँमा स–सानो सडक निर्माणका लागि १० करोड छुट्टिएको छ ।काइके गाउँपालिकाको सडक निर्माणका लागि १ करोड १५ लाख छुट्याइएको छ । उनले मतिपुर घेराबार र कलाङ सुम्दोखोला तटबन्धनका लागि क्रमशः १ करोड १० लाख र १ करोड ९५ लाख छुट्याएका छन् ।त्यस्तै, सिँचाइका लागि १० करोड, बाला त्रिपुरासुन्दरी मन्दिरका लागि ५० लाख र काइके गाउँपालिकामा पदमार्ग निर्माणका लागि १ करोड विनियोजन गरिएको छ ।
प्रचण्डको गृहजिल्लामा कति
प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुको गृहजिल्ला चितवनमा यसपालि शहरी विकास मन्त्रालयअन्तर्गत १ अर्ब २ करोड ६२ लाख बजेट विनियोजन गरिएको छ ।विनियोजित बजेटमध्ये इच्छाकामना गाउँपालिकामा शहरी विकास पूर्वाधारअन्तर्गत करिब ४५ लाख विनियोजन गरिएको छ । त्यस्तै, भरतपुर महानगरपालिकामा फुटपाथ र साइकल लेन निर्माणका लागि ५ करोड ७० लाख र २ करोड ७५ लाख छुट्याइएको छ ।त्यस्तै, केरुङ्गा नाला कोरिडोर निर्माण र सौन्दर्यीकरणका लागि करिब २६ करोड छुट्याइएको छ ।विविध शीर्षकमा सडक, भवन निर्माण तथा स्तरोन्नतिका लागि २९ करोड छुट्याइएको छ भने भरतपुरमा मात्र सो शीर्षकमा ६ करोड ६० लाख विनियोजन गरिएको छ ।चनौली(शुक्रनगर र राप्ती जाने बाटो मर्मत र स्तरोन्नतिका लागि क्रमशस् १ करोड २० लाख र १ करोड छुट्याइएको छ ।त्यस्तै, भरतपुर रिङरोड स्तरोन्नतिका लागि १ करोड ४५ लाख र अन्य सडक ग्राभेल र पिच गर्न २ करोड छुट्याइएको छ ।यसका अलावा प्रचण्डको निर्वाचन क्षेत्र रहेको गोरखामा पनि बजेट विनियोजन गरिएको छ ।
अर्थमन्त्रीको जिल्ला रोल्पामा कति
अर्थमन्त्री वर्षमान पुनको जिल्ला रोल्पामा शहरी विकास मन्त्रालयअन्तर्गत डोल्पा, चितवन र गोरखामा भन्दा बढी बजेट विनियोजन भएको छ ।शहरी विकास मन्त्री बुढाले अर्थमन्त्रीको जिल्ला रोल्पामा ३ अर्ब ८० करोड ४ लाख बजेट छुट्याएका हुन् । छुट्याइएको बजेटमध्ये त्रिवेणी गाउँपालिकामा सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत १४ लाख विनियोजित छ भने थवाङ गाउँपालिकामा १७ लाख विनियोजन गरिएको छ ।यस्तै, परिवर्तन गाउँपालिकामा सोही शीर्षकअन्तर्गत १४ लाख, लुङ्ग्री गाउँपालिकामा ८ लाख र सुनिल स्मृति गाउँपालिकामा १४ लाख छुट्याइएको छ ।अर्थमन्त्री पुनले शहरी तथा भवन निर्माण आयोजनाअन्तर्गत रोल्पा र लिवाङ नगरपालिकाका लागि क्रमशः ३ करोड ८५ लाख र ११ करोड ४० लाख बजेट छुट्ट्याएका छन्।
त्यस्तै, त्रिवेणीको भगवती मावि, परिवर्तनको दिव्यज्योति मावि, सुनिलस्मृतिस्थित एक प्राविलगायत अन्य २ दर्जनजति स्कूलको भवन निर्माण गर्न १र१ करोड विनियोजन गरिएको छ ।२ दर्जनभन्दा बढी सडक निर्माण र स्तरोन्नति शीर्षक राखेर २० करोडभन्दा बढी बजेट विनियोजन गरिएको छ । त्यस्तै, विभिन्न बहुद्देश्यीय सभाहल निर्माणका नाममा दर्जनभन्दा बढी शीर्षकमा १र१ करोडका दरले बजेट छुट्याइएको छ ।अर्थमन्त्री पुनले ४ नम्बर प्याकेजअन्तर्गत रोल्पा जिल्लाका झिङ(धुलेओढार(नम्जा–सिर्प सडक र अन्य सडक कालोपत्रे गर्न १० करोड बजेट शहरी विकास मन्त्रालयबाट लगेका छन् ।वृक्षारोपणका लागि भन्दै २६ लाख बजेट छुट्याइएको छ भने सडक स्तरोन्नतिको अर्को एक शीर्षकमा जम्मा ३ लाख छुट्याइएको छ ।
गोरखामा पालुङटारकेन्द्रित बजेट

शहरी विकास मन्त्रालयअन्तर्गत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित जिल्ला गोरखामा भने तुलनात्मकरूपमा कम बजेट विनियोजन गरिएको छ ।मन्त्रालयको जम्मा बजेट ९१ अर्ब ३५ करोडमध्ये गोरखामा जम्मा ८७ करोड ८६ लाख छुट्याइएको हो । त्यसमध्ये काशीगाउँ स्वास्थ्यचौकीका लागि ३० लाख छुट्याइएको छ ।आँपपिपल, केराबारी, गाखु बकाङका लागि २ करोड ९० लाख विनियोजन गरिएको छ भने स्वास्थ्य चौकी शीर्षकअन्तर्गत ७ करोड थप बजेट छुट्याइएको छ ।
पालुङटार एकीकृत शहरी विकासका लागि ८ करोड ६५ लाख र पालुङटारमै शहरी कार्यक्रम भन्दै ३ करोड ८० लाख छुट्याइएको छ । पुनः पालुङटारको सडकका लागि १३ करोड ३० लाख छुट्याइएको छ ।संग्रहालय र अन्य पूर्वाधार शीर्षकमा ३ करोड ५० लाख राखिएको छ । त्यस्तै, पालुङटारकै सडक स्तरोन्नतिका लागि ३ शीर्षकमा १र१ लाख बजेट विनियोजन गरिएको छ ।एक लाखको बजेट केही लक्षित व्यक्तिलाई दिने प्रयोजनका निम्ति मात्र राखिएको जस्तो देखिन्छ ।बजेटमा लाप्राक सडक, चक्रपथ र चिप्लेटी सडक स्तरोन्नतिका लागि ४ करोड छ भने पालुङटार, हात्तीगौंडा र सुन्तले सडकका लागि क्रमशः १ करोड २८ लाख, ४ करोड २५ लाख र २ करोड १३ लाख बजेट विनियोजन गरिएको छ ।त्यस्तै, बजेटमा गण्डकी गाउँपालिकाको सडक स्तरोन्नति र अन्य शीर्षकमा ५ करोड र ६ करोड छुट्याइएको छ ।

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको जिल्ला झापामा कति ?

शहरी विकास मन्त्रालयले झापामा ३ अर्ब ७ करोड बजेट छुट्याएको छ ।पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको जिल्ला झापामा अर्थमन्त्री वर्षमान पुनको जिल्ला रोल्पाभन्दा केही कम बजेट विनियोजन गरिएको हो ।जम्मा ९१ अर्ब ३५ करोड बजेट सिलिङ रहेको मन्त्रालयले झापामा मात्र ३ प्रतिशतको हाराहारीमा बजेट छुट्याएको हो ।झापामा छुट्याएका ठूला परियोजनामध्ये ३ करोड ५६ लाख बुट्टाबारीदेखि साल्वारी स्कूल हुँदै कालिकास्थान जाने बाटो, अर्जुनधारा नगरपालिकाको सडक र मंगलमणि मार्गदेखि धाइजन जाने बाटोका लागि छुट्याइएको छ ।त्यस्तै, दमक नगरपालिकालाई शहरी विकासअन्तर्गत ३२ करोड ३२ लाख अनुदान दिने भनिएको छ भने दमक नगरपालिकामा डिजाइन कन्सल्टेन्सीका लागि २ करोड ५१ लाख छुट्याइएको छ ।बजेटमा बिर्तामोड नगरपालिकाले २८ करोड २६ लाख शहरी विकासअन्तर्गत अनुदान दिने भएको छ । मेचीनगर नगरपालिकाले अनुदानबापत ७० करोड पाउने भएको छ ।

ऊर्जा मन्त्री बस्नेतको गृहजिल्लामा साढे ३ अर्ब
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले आफ्नै गृहजिल्ला जाजरकोटमा साढे ३ अर्बभन्दा बढी रकम विनियोजन गरेका छन् ।मन्त्रालयको वार्षिक विकास कार्यक्रम ९रातो पुस्तिका०मा २५ ठाउँमा जाजरकोट उल्लेख गरिएको छ । धेरैजसो ठाउँमा विभिन्न जिल्ला भनेर जिल्लाको नाम खुलाइएको छैन । त्यसमध्ये जाजरकोटको नाम खुलाइएका २५ स्थानमा कुल ३ अर्ब ४७ करोड ७५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।डाँडागाउँ–खलंगा–भेरी अर्धजलाशययुक्त जलविद्युत आयोजना ९४३।५२ मेगावाट०को सम्भाव्यता अध्ययन गर्न १ करोड ७१ लाख २ हजार रुपैयाँ विनियोजन गरिएको छ । खलंगा बजार, जाजरकोट संरक्षण कार्यक्रमअन्तर्गत ५ करोड विनियोजन गरिएको छ । एकीकृत कर्णाली सिँचाइ तथा नदी नियन्त्रणका लागि जाजरकोटमा सबैभन्दा बढी टुक्रे आयोजनामा रकम विनियोजन गरिएको छ ।जाजरकोटको छेडागाड नगरपालिका( १ मा हाँडेबाट पक्की सिँचाइ कुलो निर्माण गर्न ४० लाख, भेरी नगरपालिकाको भुरचौर लिफ्ट सिँचाइ आयोजनाका लागि १० लाख, भेरी( १३ मा कुदु लिफ्ट सिँचाइ आयोजनाका लागि १ करोड विनियोजन गरिएको छ ।

त्यसैगरी, कोल्चौर, रक्दारतल्लु बगर सिँचाइ आयोजनाका लागि ५० लाख, मनाघाट सेराखेत सिँचाइ आयोजनाका लागि ३५ लाख, भित्तेखोला रानीचौरमा २० लाख, दल्लीचामाखेत नलगाडमा ७० लाख, डिङ्गामा २० लाख, जुनीमा १० लाख, स्यालामा १५ लाख, सिल्पाचौरमा १० लाख, ढिमेमालुमेलामा ३० लाख, ठाखर्कमा १० लाख रकम विनियोजन गरिएको छ ।भेरी नदी नियन्त्रण कार्यका लागि भेरी, नलगाड, छेडछाड नगरपालिकाका क्षेत्रमा २ करोड २० लाख, सम्भाव्यता अध्ययनबाट सम्भाव्य देखिएका आयोजना निर्माण कार्य शुरू गर्न २ करोड, जाजरकोट जिल्लामा नहर निर्माण कार्य बडाखोलादेखि विभिन्न ठाउँका लागि ३ करोड ५० लाख विनियोजन गरिएको छ ।यसैगरी, विभिन्न आयोजनामा १० लाखदेखि १ करोडसम्म मन्त्री बस्नेतले आफ्नो गृहजिल्लामा विनियोजन गरेका छन् ।

गोरखामा ७५ करोड विनियोजन

प्रधानमन्त्री प्रचण्डले चुनाव जितेको गोरखाका लागि ऊर्जामन्त्री बस्नेतले ७५ करोड रुपैयाँ विनियोजन गरेका छन् ।बूढीगण्डकी जलविद्युत कम्पनी लिमिटेड गोरखाका लागि ५० करोड, सुपर बूढीगण्डकी जलविद्युत आयोजनाका लागि ६३ लाख ६१ हजार, टोमडोगर बूढीगण्डकी जलविद्युत आयोजना ९४३।५२ मेगावाट०को सम्भाव्यता तथा वातावरणीय अध्ययनका लागि १ करोड ७१ लाख रुपैयाँ विनियोजन गरिएको छ ।दरौंदी हब(नयाँ मर्स्याङ्दी आयोजनाका लागि ४ करोड ५५ लाख, सिँचाइ तथा जलस्रोत व्यवस्थापन कार्यक्रम गोरखाका लागि १५ करोड ४० लाख विनियोजन गरिएको छ ।त्यसैगरी, एकीकृत नदी बेसिन सिँचाइ तथा जलस्रोत व्यवस्थापन कार्यक्रमअन्तर्गत चुरिनटार भोट्टार लिफ्ट सिँचाइ आयोजनाका लागि ५ लाख, बालटार नयाँगाउँका लागि १० लाख, मजुवाका लागि ६५ लाख, याङ्गकोट सिम्लेफाँटका लागि ६५ लाख, अन्वेषण ट्युबवेल निर्माणका लागि ४५ लाख, अन्वेषण ट्युबवेल सम्पन्न भएका स्थानमा प्रणाली निर्माण कार्यका लागि ५० लाख रुपैयाँ विनियोजन गरिएको छ।

झापा जिल्ला उल्लेख भएका आयोजनामा ३७ करोड

झापा जिल्लाका लागि पनि धेरै रकम विनियोजन गरिएको छ, तर झापा नै नाम उल्लेख गरेर भने ३६ करोड ८१ लाख विनियोजन गरिएको छ । झापाका केही आयोजना जिल्लाको नाम उल्लेख नगरी समेटिएका छन् ।

सिँचाइ आधुनिकीकरण अभिवृद्धि आयोजनाअन्तर्गत झापाको मेचीनगर नगरपालिका वडा नम्बर ११ र १२ मा हडिया खोला सिँचाइ उपआयोजनामा १ करोड १८ लाख, मेचीनगरकै वडा नम्बर १३ मा पाथीभरा कृषि कुलो सिँचाइ उपआयोजनामा ८६ लाख विनियोजन गरिएको छ ।मावा(रतुवा तटबन्ध निर्माण झापाका लागि ३२ करोड ९७ लाख रुपैयाँ विनियोजन गरिएको छ । त्यसैगरी, झापा भूमिगत जलसिँचाइ आयोजनाका लागि झन्डै १६ करोड विनियोजन गरिएको छ । लाप्चेटार टाङ्गटिङ्ग खोला अर्जुनधारा( २ का लागि ३० लाख विनियोजन गरिएको छ ।​

खानेपानी मन्त्रालय स् डेढ अर्बभन्दा बढी बजेट मन्त्रीकै जिल्लामा

खानेपानी मन्त्रालयमातहत १५ अर्ब ३७ करोड रुपैयाँ पुँजीगत बजेट विनियोजन भएकोमा डेढ अर्बभन्दा बढी मन्त्री राजेन्द्र राईको गृहजिल्ला धनकुटाका लागि छुट्ट्याइएको छ ।साथै, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा पनि झन्डै १ अर्ब रुपैयाँ बजेट विनियोजन भएको छ ।यसका अलावा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डुले चुनाव लडेको गोरखामा करिब आधा अर्ब र प्रचण्डको गृहजिल्ला चितवनमा १५ करोडभन्दा बढी बजेट विनियोजन गरिएको छ ।जलवायु अनुकूलित वृहत् खानेपानी आयोजनाअन्तर्गत मन्त्रीले आफ्नो गृहजिल्ला धनकुटामा १९ वटा आयोजनाका लागि ४९ करोड ५ लाख बजेट खन्याएका छन् ।त्यस्तै, गोरखामा ७ वटा आयोजनाका २१ करोड ९५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

त्यसैगरी, खानेपानी तथा सरसफाइ सह(लगानी कार्यक्रमअन्तर्गत एमाले अध्यक्ष ओलीको गृहजिल्ला झापामा ११ आयोजनाका लागि १९ करोड ४३ लाख र प्रचण्डको गृहजिल्ला चितवनमा ७ वटा आयोजनाका लागि ६ करोड २७ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।त्यसैगरी, केन्द्रीय खानेपानी आयोजनाअन्तर्गत धनकुटामा १७ वटा आयोजनामा ५४ करोड ३२ लाख, झापामा ९ वटा आयोजनाका लागि १६ करोड ९० लाख, चितवनमा ८ वटा आयोजनाका लागि ४ करोड र गोरखामा ७ वटा आयोजनाका लागि ८ करोड २० लाख रुपैयाँ विनियोजन गरिएको छ ।त्यसैगरी, ढल निर्माण तथा प्रशोधन कार्यक्रमअन्तर्गत धनकुटामा २ करोड २० लाख, गोरखामा ३ करोड ८० लाख, झापामा १ करोड ३० लाख र चितवनमा ६० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

खानेपानी तथा गुणस्तर सुधार कार्यक्रमका लागि धनकुटामा ३० लाख, गोरखामा ४ करोड ११ लाख, झापामा १ करोड २१ लाख र चितवनमा १ करोड ६ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।त्यसैगरी, खानेपानी सेवा विस्तार तथा पुनस्स्थापना कार्यक्रमअन्तर्गत धनकुटामा १२ वटा आयोजनाका लागि ४ करोड ६० लाख, झापामा २२ वटा योजनाका लागि ४ करोड ८ लाख रुपैयाँ विनियोजन गरिएको छ । सोही शीर्षकमा गोरखामा १५ वटा आयोजनाका लागि ३ करोड ६६ लाख रुपैयाँ विनियोजन गरिएको छ ।त्यसैगरी, खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोगअन्तर्गत पनि रकम विनियोजन गरिएको छ । संघीय सशर्त अनुदानतर्फ धनकुटाका लागि ४५ लाख ३२ हजार र झापाका लागि ३२ करोड ७६ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

जलवायु अनुकूलित वृहत् खानेपानी आयोजनातर्फ २ अर्ब ८० करोड र ढलनिर्माण तथा प्रशोधन कार्यक्रमअन्तर्गत १ अर्ब १६ करोड विनियोजन गरिएको छ । खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोगअन्तर्गत एसियाली विकास बैंकको १ अर्ब ८० करोड रुपैयाँ सहयोग लिनेगरी बजेट विनियोजन गरिएको हो ।केन्द्रीय खानेपानी आयोजनातर्फ ३ अर्ब ३३ करोड, एकीकृत खानेपानी आयोजनातर्फ एसियाली विकास बैंकको स्रोतबाट ७ करोड ५६ लाख लिनेगरी बजेट विनियोजन भए पनि उक्त रकमको स्रोत अहिले यकिन भइसकेको छैन ।त्यसैगरी, वर्ल्ड बैंकको सपोर्टमा खानेपानी सुशासन तथा प्रवर्द्धन कार्यक्रमका लागि कर्णाली र सुदूरपश्चिम प्रदेशमा ४ अर्ब ३५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

पर्यटन मन्त्रीले कहाँ कति छरे बजेट

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले आव २०८१र८२ का लागि मन्त्रालयगत सिलिङभित्रबाट सबैभन्दा बढी बजेट आफ्नो गृहजिल्ला नुवाकोटमा लगेका छन् ।हामीले विश्लेषण गरेको गोरखा, चितवन, झापा, रोल्पा र नुवाकोटमध्ये सबैभन्दा धेरै बजेट मन्त्रीको जिल्ला नुवाकोटमा परेको छ । पर्यटन मन्त्रालयको जम्मा बजेट २ अर्ब ९१ करोड ५ लाख ५० हजारमध्ये उनले नुवाकोटमा मात्र १७ करोड ९१ लाख विनियोजन गरेका छन् ।

विदुर नगरपालिकामा दीपंकर बुद्ध पार्कका लागि १८ लाख विनियोजन गरेका छन् भने दुप्चे संग्रहालयका लागि २७ छुट्ट्याएका छन् । अंगापुटार पार्कका लागि ३२ लाख, सूर्यगढी, चन्द्रगढी, जीतगढी र दुधेलामा पार्क निर्माण गर्न ९० लाख विनियोजन गरिएको छ ।त्यस्तै, बेलकोटगढी नगरपालिकाका लागि आरुखर्क कालिका मन्दिर घेराबार गर्न उनले १३ लाख ५० हजार बजेट विनियोजन गरेका छन् ।

कुजनी पार्क, वैधवन टापुस्थित बुद्धको मूर्ति, रातमाटे गुम्बा, अनन्तेश्वर महादेव मन्दिर बेलकोटगढी, दुप्चेश्वर मन्दिर, मजुवा अलैंची बगान र निरञ्जना मन्दिरको जमरा घर संरक्षणका लागि छुट्टाछुट्टै शीर्षकमा कुल १ करोड ४० लाख छुट्ट्याइएको छ ।मन्त्री तामाङले आफ्नो मन्त्रालयको बजेटबाट ककनी गाउँपालिकाका लागि १ करोड २५ लाखभन्दा बढी विनियोजन गरेका छन् ।त्यसमा गोणेश्वर गर्वासी पार्क, गैरीखर्क घुमाउनेडाँडा पार्क, फुङफुङ झरना र कालिका मन्दिर परिसरमा त्यति बजेट छुट्याएका हुन् ।

अर्थमन्त्री वर्षमान पुनको जिल्ला रोल्पामा गुरिल्ला बजेट
पर्यटन मन्त्रालयअन्तर्गत रोल्पामा विनियोजित बजेटमा सबैभन्दा धेरै युद्ध पर्यटनसँग सम्बन्धित विषय उल्लेख छ । अर्थमन्त्री पुनले पर्यटन मन्त्रालयअन्तर्गतको बजेटमध्ये ८ करोड ५५ लाख आफ्नो जिल्लामा पारेका छन् ।कालिका मन्दिर र मगर संस्कृति संग्रहालयमा १ करोड ३५ लाख छुट्याइएको छ । त्यस्तै, जनयुद्ध स्मृति संग्रहालय र शहीद स्मृति जीवित संग्रहालयका लागि पनि १ करोड ३५ लाख नै छुट्याइएको छ ।उनले युद्ध पर्यटन प्रवर्द्धनका लागि मात्र २ करोड ७० लाख छुट्याउन लगाएका छन्, जसमा परिवर्तन गाउँपालिका( २ मा ४५ लाख, ६ मा ४५ लाख, माडी( ५ मा ४५ लाख, होलेरीको पुरानो चौकीमा युद्ध पर्यटनका लागि ४५ लाख, पाटे गुम्चाल युद्ध पर्यटन विकासमा ४५ लाख छुट्याउन लगाएका छन् ।
चितवनका लागि कति छुट्याइयो
प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुको गृहजिल्ला चितवनमा खासै धेरै रकम छुट्याइएको छैन ।चितवनका लागि पर्यटन मन्त्रालयअन्तर्गत जम्मा ३ करोड ७ लाख छुट्याइएको छ । त्यसमध्ये, देवघाटमा अष्टधातु शिव मूर्ति निर्माणका लागि २३ लाख छुट्याइएको छ ।जिप्रका टोल भरतपुर– १२ मा शिव मन्दिर निर्माणमा जम्मा ९ लाख छुट्याइएको छ । भरतपुर महानगरअन्तर्गत नै पर्ने राधाकृष्ण मन्दिरमा सत्तल निर्माणका लागि १४ लाख छुट्याइएको छ । माडी नगरपालिकाका लागि सोमेश्वर गढी मूर्ति निर्माणमा ६३ लाख विनियोजन भएको छ भने पुष्प मदन स्मृति वाटिका निर्माणका लागि ९० लाख छुट्याइएको छ । त्यस्तै, रत्ननगर नगरपालिकामा जामे मस्जिद मर्मतका लागि १८ लाख र थारु सांस्कृतिक घर निर्माणका लागि ९० लाख छुट्याइएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको जिल्ला झापामा कति ?

पर्यटन मन्त्रालयले झापा जिल्लाका लागि ४ करोड ७३ लाख ५० हजार छुट्ट्याएको छ । तीमध्ये अर्जुनधारामा सुखाने शहीद स्मृति उद्यान सौन्दर्यीकरणका लागि ९० लाख छुट्ट्याइएको छ ।बिर्तामोड नगरपालिकामा पर्ने विराट पोखरी सरोबर बहुउद्देश्यीय पर्यटकीय पूर्वाधारका लागि ९० लाख, शिवसताक्षी नगरपालिकास्थित दोमुखा धार्मिक पर्यटकीयस्थलको पूर्वाधारका लागि ९० लाख विनियोजन गरिएको छ ।त्यस्तै कमल गाउँपालिकामा पर्यटन पूर्वाधार निर्माणका लागि २७ लाख विनियोजन गरिएको छ ।प्रचण्डको चुनावी जिल्ला गोरखामा कति?

पर्यटन मन्त्रालयअन्तर्गत गोरखा जिल्लामा २ करोड ८८ लाख मात्र विनियोजन भएको छ, जसमध्ये गोरखा नगरपालिकामा पदमार्ग र गोरखनाथ मन्दिर परिसरमा आश्रम निर्माणका लागि १ करोड ३५ लाख छुट्याइएको छ ।अजिरकोट गाउँपालिकामा मनास्लु पदमार्गका लागि ४५ लाख, शहीद लखन गाउँपालिकामा शहीद लखन थापा मगरको स्मारक निर्माणका लागि २७ लाख विनियोजन गरिएको छ ।सिरानचोक गाउँपालिकाका लागि ४५ लाख र बारपाक सुलिकोट गाउँपालिकामा शहीद दिल बहादुर रम्तेल पार्क निर्माणका लागि ३६ लाख छुट्याइएको छ ।

प्रकाशित : ४ असार २०८१, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६