अर्थ-वाणिज्य

अत्यधिक गर्मीले लाइटर पड्किँदा घर जलेर नस्ट



बाके ४ असार । गर्मीले लाइटर पड्किँदा अछाम ढकारी–६ मोयमा एक घर जलेर खरानी भएको छ। अत्यधिक गर्मीले लाइटर पड्किँदा आगलागी भएको हो।आगो बाल्न प्रयोग गर्ने गरिएको लाइटर तातेर पड्किँदा स्थानीय हरिचन कामीको खरले छाएको घर जलेर पूरै सखाप भएको स्थानीय नेत्रबहादुर बुढाले बताए।

उनका अनुसार दिउँसो ३ बजेतिर घरमा कोही नभएको वेला चुलो छेउमा राखिएको लाइटरभित्रको ग्यास विस्फोट भएपछि एकाएक घरमा आगोको मुस्लो देखिएको हो।

यस क्षेत्रमा पहिलोपटक अत्यधिक गर्मी महसुस भइरहेको स्थानीयले बताएका छन्। जसका कारण गाउँका खरले छाएका घर तथा गोठहरूमा आगलागीको जोखिम बढेको छआगलागीका कारण घरमा रहेको केही नगदसहित अन्नपात, लत्ताकपडा र अन्य दैनिक प्रयोगका सामग्री जलेर नष्ट भएको पीडितले बताए।

प्रकाशित : ५ असार २०८१, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६