कपिलवस्तु ५ असार ।जिल्ला प्रहरी कार्यालय, सिराहाको शौचालयमा प्रहरी जवान मृत फेला परेको घटनामा एक जना पक्राउ परेका छन्।
जेठ ३१ गते २५ वर्षीया प्रहरी जवान करिश्मा सुनार जिल्ला प्रहरी कार्यालयको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र भवनको दोस्रो तलामा रहेको शौचालयमा मृत फेला परेकी थिइन्।
उनी शौचालयमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्।यस घटनामा प्रहरीले एक जना पुरूषलाई आत्महत्या दुरूत्साहनको कसुरमा पक्राउ गरेको हो।पक्राउ पर्नेमा दैलेख घर भई बाँके बैदनाथ गाउँपालिका वडा नम्बर २ बस्ने २७ वर्षीय पुष्कर थापा मगर छन्।
६ असार २०८१, बुधबार








प्रतिक्रिया