अर्थ-वाणिज्य

बाणगंगाको बजेट १ अर्ब ६२ करोड ४६ लाख : १० असारमा सार्वजनिक




पार्वती पाण्डे
कपिलबस्तु ६ असार ।कपिलवस्तु बाणगंगा नगरपालिकाको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ । बुधबार बसेको १५ औं नगरसभाले आव ०८१।०८२ को नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित गरेको बाणगंगा नगरपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधार, पर्यटन तथा समग्र विकासलाई प्राथमिकता दिइएको छ ।
नगरप्रमुख चक्रपाणी अर्यालले प्रस्तुत गर्नुभएको निती तथा कार्यक्रममा विकासात्मक तथा अन्तर निकाय समन्वय गतिविधिहरुलाई नीति विधि र प्रविधिमा रूपान्तरण गरी जनताको खुसियाली अभिवृद्धि गर्दै ब्रान्ड बाणगंगा बिलीभ बाडगंगा अभियान सञ्चालन गर्ने मूल नीति लिएकोे छ । वजेटका् आकार १ अर्ब ६२ करोड ४६ लाख हुने छ । १० असारमा सार्वजनिक हुने तयारी छ ।
यो नारा बनाउनुको उद्धेश्य यहाँ सम्भावना छ, यहिँ बसौँ, ब्यापार ब्यवसाय गरौँ, कामधन्दा गरौँ, बाणगंगालाई ब्राण्ड बनाऔँ र समग्रमा बाणगंगालाई विश्वास गरौँ रहेको छ ।आर्थिक वर्ष २०८१÷८२ को निमित्त कुल १ अरब ६२ करोड ४६ लाख ८६ हजारको अनुमानित बजेट समेत नगरप्रमुख अर्यालले सभा समक्ष पेश गर्नु भएको थियो ।यस्तैगरी सभाका उपाध्यक्ष उप प्रमुख रिता कुमारी चौधरीले न्यायिक समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । बाणगंगा नगरपालिकाले आगामी बर्षमा करको दर नबढाउने भएको छ । करको दर नबढाउने र दायरा बढाउनेगरी नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।नक्साविनाका घरहरु निर्माण हुन नदिने, बनेका घरहरुको अनिवार्य नक्सापास, करको दायरामा नआएका सबैलाई करको दायरामा ल्याउने गरी नीति र कार्यक्रम मा उल्लेख छ ।
कार्यक्रममा लेखा समितिका संयोजक टेकबहादुर झेडी मगरले महालेखापरीक्षकको कार्यालयले आ. ब २०७९÷८०सम्मको अन्तिम लेखापरीक्षण हुँदा औँल्याइएको नियमित गर्नुपर्ने बेरुजु सम्परीक्षण गर्ने सम्बन्धको प्रतिवेदन समेत पेश गर्नुभयो । सभाको सञ्चालन सभाका सचिव प्रमुख प्रसासकिय अधिकृत भक्तिराम मरासिनीले गर्नु भएको थियो। सभाले पेश गरिएको नीति कार्यक्रम र बजेटलाई सर्वसम्मत पारित गर्दै पहिलो दिनको सभा सम्पन्न भएको छ । १५ औ नगर सभाको दोस्रो बैठक आगामी असार १०गते बस्ने छ ।

प्रकाशित : ७ असार २०८१, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६