अर्थ-वाणिज्य

११ देशका राजदूतको भागबण्डा मिल्यो : एमालेलाई ८, अरुलाई कति ?



काठमाडौं ६ असार, । सत्तारुढ प्रमुख तीन दलले राजदूतको भागबन्डा टुंगो लगाएका छन् ।बिहीबार साँझ सिंहदरबारमा बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र गृहमन्त्री रवि लामिछानेबीचको छलफलले हाल खाली रहेको ११ देशको राजदूतमा भागबन्डा टुंग्याएको हो ।२४ जेठमा मन्त्रिपरिषद बैठकले भारत, अमेरिका, बेलायत, साउदी अरेबिया, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगल गरी ११ देशको राजदूत फिर्ता बोलाएको थियो ।
बिहीबार साँझ ६ बजेदेखि ८ बजेसम्म तीन नेताबीचको छलफलमा एमालेले आठ देशको राजदूत पाउने समझदारी भएको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले दुई र माओवादी केन्द्रले एक देशको राजदूत पाउने शीर्ष नेता निकट स्रोतले बताएको छ ।राजदूत फिर्ता बोलाउँदा माओवादी केन्द्रको कोटामा राजदूत बनेकाहरु फिर्ता नबोलाएका कारण अहिले एक जना मात्र दिइएको स्रोतको भनाइ छ ।
प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार शुक्रबार मन्त्रिपरिषद् बैठक अगावै केही राजदूत नियुक्त हुन सक्नेछन् । ‘कुन देशमा को राजदूत बन्ने भन्ने नाममा प्रवेश गरिएको छैन, तर संख्या आजबाट टुंगियो’, सचिवालयले बतायो ।परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ शनिबार इरान जाँदैछन्, त्यसअघि राजदूतको नाममा मोटामोटी सहमति निकाल्न खोजिएको स्रोतले बतायो ।रास्वपाले महत्वपूर्ण मानिएका देश भारत, अमेरिकाका राजदूतमध्ये एक आफूलाई दिन माग गरे पनि प्रचण्ड र ओली तयार भएनन् ।
बैठकमा सहमतिबाट बजेट पास गर्ने, शीर्ष नेताबीच उत्पन्न भएका मनोमालिन्य छलफल गरेर टुंग्याउने, गठबन्धन अझै कसिलो बनाउँदै जानेबारे छलफल भएको बालुवाटार स्रोतले बतायो ।‘बीचमा केही तिक्त अभिव्यक्तिहरु बाहिर आए, असहयोग पो हुन थाल्यो कि भन्ने पनि भयो’ बालुवाटार स्रोतले भन्यो, ‘तर हाम्रोमा असामान्य विषय केही छैन, समझदारीमै छौं भन्ने सन्देश बैठकबाट गएको छ ।’

प्रकाशित : ७ असार २०८१, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६