अर्थ-वाणिज्य

पत्रकार महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक, असार २२ गते मतदान



काठमाडौं ८ असार । नेपाल पत्रकार महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । कार्यतालिका अनुसार असार ७ गते शुक्रबार राति साढे ८ बजे मतदाता नामावली प्रकाशन हुने, नामावली प्रकाशन भएलगत्तै असार १० गते बिहान १० बजेसम्म मतदाता नामावलीमाथि दाबी विरोध गर्न पाइनेछ भने असार १२ गते अपरान्ह चार बजे मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने रहेको छ ।
यस्तै, असार १३ गते बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता, १३ गते साँझ ८ बजे नामावली प्रकाशन, १३ गते साँझदेखि असार १५ गते बिहान १० बजेसम्म उम्मेदवारमाथि दाबी विरोधको कार्यतालिका रहेको निर्वाचन समितिका संयोजक प्रा। चिरञ्जीवी खनालले जानकारी दिए ।

उनका अनुसार उम्मेदवारको मनोनयनपत्र फिर्ता लिने कार्यक्रम असार १५ गते बिहान ११ बजेसम्म रहेनेछ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन असार १५ गते दिउँसो २ बजे हुनेछ । असार २२ गते बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ भने मतदान सकिए लगत्तै मतगणना कार्य सुरु हुनेछ ।

प्रकाशित : ९ असार २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६