प्रदेश

राष्ट्रिय युवा सङ्घ नेपाल कपिलवस्तुले भदौ भित्र जिल्ला अधिवेशन गर्ने




कपिलवस्तु, ०८ असार ।
राष्ट्रिय युवा सङ्घ नेपाल कपिलवस्तुले भदौ मसान्त भित्र जिल्ला अधिवेशन गर्ने भएको छ । शुक्रवार बाणगङ्गा नगर पार्टी कार्यालयमा बसेको जिल्ला आयोजक कमिटी कपिलवस्तुको प्रथम बैठकले यस्तो निर्णय गरेको हो । युवा सङ्घले अधिवेशनका लागि मातहतका सबै कमिटीहरू गठन प्रक्रिया थालिसकेको संघका जिल्ला संयोजक तिलक गिरीले जानकारी दिए । उनले समयमै जिल्ला अधिवेशन सम्पन्न गर्ने र जिल्ला कमिटीलाई चलायमान गराउने बताए । 


युवा सङ्घले अधिवेशनका लागि मातहतका कमिटीहरू गठनको प्रक्रिया शिवराज नगरपालिकाबाट सुरु गरेको नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा राष्ट्रिय युवा सङ्घ नेपाल स्थाई कमिटी सदस्य धनु अधिकारीले बताईन् । उनले समयमै कार्यविभाजन अनुसारका कामहरू सम्पन्न गर्न निर्देशन समेत दिएकी छन् । 


केन्द्रिय सदस्य एवं जिल्ला इन्चार्ज बिजय कुवर,  केन्द्रिय सदस्य रामनयन यादव तथा सङ्घका प्रदेश कमिटी सदस्यहरूको उपस्थिति रहेको बैठकको सञ्चालन  आयोजक कमिटी सदस्य पवनराज पाण्डेले गरेका थिए ।

प्रकाशित : ९ असार २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६