अर्थ-वाणिज्य

मिसन ८४ अघि वर्तमान सत्ता समीकरण बदलिदैन : महासचिव पोख्रेल




तुलसिपुर ८ असार । नेकपा (एमाले) का महासचिव शङ्कर पोख्रेलले सत्ता समीकरण बदलिने कुनै सम्भावना नरहेको बताउनुभएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ माले डाँडामा नेकपा एमालेका नेता श्रीमणि आचार्यको सालिक अनावरण कार्यक्रममा महासचिव पोख्रेलले अहिलेको सत्तासमीकरण २०८४ को निर्वाचन पछिसमेत कायम रहने बताउनुभयो।उहाँले देशमा बलियो राजनीतिक शक्ति निर्माणमा दलहरू लाग्नुपर्ने बताउनुभयो। महासचिव पोख्रेलले जनताका माग र आवश्यकता पुरानै दलबाटमात्रै सम्भव रहेको बताउनुभयो। उहाँले श्रीमणि आचार्यले दाङको शिक्षा,राजनीतिक तथा सामाजिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको बताउनुभयो। नेकपा (एमाले)का महासचिव शङ्कर पोख्रेलले दाङ समग्र विकासमा टेवा पु¥याउने टरिगाँउ विमानस्थलको धावनमार्ग विस्तारमा सबैको ध्यान पुगेको बताउनुभयो। लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत रहेका पोख्रेलले सातवटै प्रदेशमध्ये लुम्बिनीले मात्रै संरचना निर्माणको कामलाई अघि बढाएको बताउनुभयो। उहाँले दाङको सिचाई र खानेपानी दीर्घकालीन समाधानका लागि ग्वारखोला जलाशयलाई अघि बढाउनुपर्ने बताउनुभयो।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद दीपक गिरीले राजनीतिक स्थायित्वका लागि बलिया शक्ति एकजुट हुनुपर्ने बताउनुभयो। उहाँले दाङको विकासमा सम्पूर्ण एकजुट हुनुपर्ने बताउनुभयो। २०५१ सालमा निर्वाचनका क्रममा बिजौरीमा गोली चल्दा घाइते भएका नेकपा (एमाले)का तत्कालीन जिल्ला कमिटी सचिव श्रीमणि आचार्यको २०६४ पुस ३ मा उपचारका क्रममा निधन भएको थियो। जनस्तरबाट रकम सङ्कलन गरेर सालिक निमार्ण गरिएको थियो।

प्रकाशित : ९ असार २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६