कपिलवस्तु ८ असार ।कपिलवस्तु र अर्घाखाँचीको सिमानामा पर्ने सुर्य ओडारमा एक समारोहका बिच महासमय सुत्त देसना दिवस मनाईएको छ । देसना गरेको स्थल वाणगंगा ८ र शितगंंंगा १४ को सिमाना सुर्य ओडार माथी अन्तर सम्बाद गरि गरी मनाइएको हो । कार्यक्रमका प्रमुख अतिथी लुम्बिनी प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरे र विभिन्न ५ वटा देशका भिक्षुहरुले दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरिएको थियो ।
कार्यक्रममा बोल्दै सांसद घिमिरेले यस स्थानको संरक्षणका निम्ती लुम्बिनी प्रदेश सरकाले आर्थिक बर्ष २०८०।०८१ मा २० लाख रुपैया बजेट विनियोजन गरेको बताउनु भयो । यस क्षेत्रमा भेटिएको पुरात्विक बस्तुहरुको संरक्षण, संबद्र्धनका लागि सबै सरोकारवालाहरुले पहल गर्नुपर्नेमा जोड दिनुभयो । यस्तै उहाले भगवान गौतम बुद्धले महासमय सुत्त देशना गरेको स्थानको महत्वबारे व्यापक प्रचार प्रसार गरी बिश्व भरिका मानिसहरुलाई यहासम्म ल्याउन सक्नु पर्नेमा जोड दिनुभयो । यसको लागि त्यस क्षेत्रमा सहज तरिकाले पुग्न सकिने बाटो निमार्ण, व्यस्थित रुपमा गाडी पार्किङको व्यवस्थापन गर्न आवश्यक रहेको औल्याउनुभयो ।
कार्यक्रममा लुम्बिनी विकास कोषका बोर्ड सदस्य रामनरेश कोहारले यस स्थानको विकासका लागि सधैव सहयोग गर्ने बताउनुभयो ।आगामी दिनमा कपिलबस्तु र अर्घाखाँचीले संयुक्तरुपमा मिली यस स्थानको विकास र संरक्षणमा विशेष पहल गर्न समितीका अध्यक्ष एवं सितगंगा नगरपालिकाका पुर्व उपमेयर टिका रेश्मी मगरले आग्रह गर्नुभयो ।कार्यक्रममा महासमय स्थल संरक्षण समितीका सचवि चुरा बहादुर कार्कीले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै चालु आर्थिक बर्षमा प्रदेश सरकारबाट प्राप्त २० लाख बजेटबाट रेलिङ्ग तथा सिडि निर्माणको काम भएको बताउनुभयो । कार्यक्रममा बौद्ध शिक्षका ज्ञाता चतुभुज पान्डेले २०७८ सालदेखि उक्त स्थानमा खोज अनुसन्धान सुरु गरेको बताउनुभयो ।
लुम्बिनी बिकास कोष, बाणगंगा नगरपालिका र सितगंगा नगरपालिकाले यस ठाउको विकासका लागि सहयोग गर्नुपर्ने औल्याउनभयो । उहाले हाल सम्म पनि यस ठाउमा सहज तरिकाले पुग्न सकिने गरि बाटो को काम पनि गर्न नसकेको बताउनुभयो । उहाले लुम्बिनी जस्तै यहाँ पनि बिकास गर्न सबै सरोकारवालालाई सहयोग गर्न आग्रह गर्नुभयो ।लुम्बिनी विकास कोषको सहकार्यमा समपन्न कार्यक्रममा विभिन्न ५ देशका भिक्षुहरु सहित सरोकारवालाहरुको उपस्थिती रहेको थियो । महासमय स्थल संरक्षण समितीका अध्यक्ष टिका रेश्मी मगरको अध्यक्षता, उपाध्यक्ष लोकनाथ खनालको स्वागत तथा वौद्ध शिक्षाका अध्येता पोमनारायण पौडेलको संचालनमा अन्तर सम्वाद कार्यक्रम सम्पन्न भएको हो ।
बुद्ध वंशावलीहरुले जेष्ठ पूर्णिमाको दिन महासमय दिवस (पर्व) लाई चिह्न प्रतीकत्वद्वारा उत्सव मनाउँने गर्दछन् । भगवान बुद्धद्धारा जेष्ठ पूर्णिमाका दिन कपिलवस्तुको महायन जंगलमा १० हजार चक्रवालबाट एकत्रित भएका देवब्रम्हहरुलाई देशना गर्नुभएको ‘महासमयसुत्र’ देवताहरुलाई अत्यन्तै प्रिय सुत्र मानिन्छ । भगवान बुद्धले आफनो १५ औं वर्षावास कपिलवस्तुमा विताउने समय तिर जेष्ठ पूर्णिमाका दिन कपिलवस्तुको महावनमा महासमय सुत्र देशना गर्नुभएको थियो ।
तस्विर ः
प्रतिक्रिया