अर्थ-वाणिज्य

तिसरा अन्तर्राष्ट्रिय अवधी सांस्कृतिक महोत्सव




कपिलवस्तु ८ असार ।अवधी भाषाको प्रबद्र्धन र संरक्षण गर्ने उद्देश्यले कपिलवस्तुको तौलिहवामा २ दिने तिसरा अन्तर्राष्ट्रिय अवधी सांकुतिक महोत्सव सुरु भएको छ । महोत्सवको लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा सहकारी मन्त्री खड्क बस्नेतले महोत्सवको उघाटन गर्दै १६ शताब्धी देखि सुरु भएको अवधी भाषाको संरक्षण र प्रबद्र्धन गर्नु पर्ने बताए ।प्रदेश सरकार भाषा कला लगायतको क्षेत्रको संरक्षण र प्रबद्र्धनकालागि तयार रहेको तर अवधी भाषीहरु समेत यसकालागि आफै अग्रसर हुनु पर्ने बताए ।

उनले आफनो भेषभुषा, भाष कलाको संबद्र्धन र संबद्र्धन अरुले भन्दा पनि ती समुदायले नै आफु अघि बढनु पर्ने बताए । उनले अवधी भाषााको संबद्र्धन प्रचार प्रसारकालागि संग्रहालय खोल्नु पर्ने र यसकालागि प्रदेश सरकारले समेत साथ दिने उनले बताए । उनले देशमा १० औ नम्बरमा बोलिने अवधी भाषाको विकास अपरिहार्य रहेको उनले बताए । सो अवसरमा नेपाल प्रज्ञा प्रतिस्ठानका उप कुलपति बिमल कृष्ण श्रेष्ठले आफु नेपाल भाषी भए पनि अवधी भाषा समेत देश कै भाषा रहेको बताए । उनले लुम्बिनी प्रदेशमा बढी बोलिने अवधी भाषालाई अघि बढाउन समेत सबैले साथ दिनु पर्ने बताए । लुम्बिनी प्रदेश सदस्य मधुसुदन शरण चौधरीले लुम्बिनी प्रदेश सरकारले अवधी भाषालाई अघि बढाउन बिशेष पहल गर्नु पर्ने बताए ।

महाराजंज नगरपालिकाका मेयर अब्दुल कलाम, अवध भारती संस्थानका अध्यक्ष राम बहादुर मिसिर, अवध बिश्व बिद्यालयका हिमांसु श्रीवास्तव, मधुओम मिश्र हरिराज शर्मा, रमेश शर्मा लगातयले अवधी भाषा संस्कृतिलाई बढावा दिनु पर्नेमा जोड दिए ।

प्रकाशित : ९ असार २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६