सीता बेल्बासे
कपिलवस्तु १० असार ।खेर गइरहेको बस्तु लाई सदुपयोग गर्ने सके पनि आम्दानी बढ्ने राष्ट्रिय सभाउपाध्यक्ष बिमला घिमीरेले बताउनु भयो । महिला उद्यमशिलता विकासका लागि कागजको झोला बनाउने तालिमको उद्घाटन गर्दै सम्बोधन गर्दै यस्तो बताउनु भएको हो । ‘प्लाष्टिकको झोलाले फोहोर हुनुका साथै वातावरणमा पनि असर पर्ने बताउनु भयो ।
यसको नियन्त्रको लागि सबै सरकारि निकाय गैर सरकारी निकायको भुमिका उतिकै हुने बताउनु भयो । साथै उपाध्यक्षय घिमीरेले महिला उद्यमशिल विकास तालिमले धेरै महिलामा सिप विकास सगैँ आत्मनिर्भर हुने टेवा पुगेको बताउदै स्थानीय स्रोत र साधन को प्रयोग गरि आत्मनिर्भर हुन आवश्यक रहेको बताउनु भयो ।साथै राज्यको प्रमुख समस्या नै फोहोर मैला ब्यवस्थापन हुन नसक्दा वातवरणिय असर भइरहेको बताउनु भयो । यसको लागि राज्य पनि सचेत हुन जरुरी रहेको बताउनु भयो ।
श्रीङ्गीघाट सामुदायिक बन उपभोक्त समुहको आयोजना सिद्धार्थ सामाजिक विकास केन्द्रको प्राविधिक सहयोगमा असार १० गतेबाट सुरु भएको तालिम असार २४ गते सम्म चल्ने श्रीङ्गीघाट सामुदायिक बन उपभोक्त समुहका अध्यक्ष गणेश बहादुर सिंह ठकुरी बताउनु भयो । फोहोर लाई मोहोरमा बदल्दै प्लाष्टिक लाई नियन्त्र गरी कागजको झोला प्रयोग गर्ने बानि बिकासको लागि तालिम आयोजना गरेको सिद्धार्थ सामाजिक विकास केन्द्रको अध्यक्ष सुर्य कुमारी साहिले स्वागत गर्दै यस्तो बताउनु भयो । यसको व्यवस्थापनको लागि सबैको साथ आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा जिल्ला समन्वय समीतिका प्रमुख बाबुराम आचार्यको समेत सहभागिता रहेको कार्यक्रममा विभन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि पत्रकार लगायत सिक्ने २१जना सहभागिता रहेको कार्यक्रममा गणेश बहादुर सिंह ठकुरीको अध्यक्षता रहेको थियो भने सन्चालन सचिव मन्जु खाणले गर्नु भएको थियो
११ असार २०८१, सोमबार








प्रतिक्रिया