अन्तर्राष्ट्रिय

नेपाल घुम्न आएका दुईजना भारतीय तीर्थयात्रीको मृत्यु




कपिलवस्तु ११ असार । नेपाल घुम्न आएका दुईजना भारतीय तीर्थयात्रीको नवलपुरमा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार पशुपतिनाथ मन्दिरलगायतका नेपालका विभिन्न स्थान घुम्न आएका दुईजना भारतीय तीर्थयात्रीको नवलपुरमा आज बिहान मृत्यु भएको हो। सिजी ०४ ई ३४५८ नम्बरको भारतीय बसमा सवार ५५ जना यात्रुमध्ये दुईजना तीर्थयात्री अचानक बिरामी भई उपचारको क्रममा मध्यविन्दु जिल्ला अस्पताल कावासोती डन्डामा उपचारको क्रममा मृत्यु भएको हो।भारतको रौननाथ नगर थापा बलरामपुर बस्ने ५४ वर्षीया महिला रञ्जु केसरी र भारतको उत्तर प्रदेश सोनभरनिवासी ४८ वर्षीया महिला शान्ति देवीको निधन भएको हो। उनीहरूलाई लगातार बान्ता र पखाला भई उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल डन्डामा ल्याएकोमा उपचारको क्रममा आज बिहान मृत्यु भएको हो। मृतकहरूको शव आफन्तले बुझेको प्रहरीले जनाएको छ।

प्रकाशित : १२ असार २०८१, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६