अन्तर्राष्ट्रिय

अन्तरिक्षमा अलपत्र परे सुनिता र बुच



सुनिता र बुच यही जुन ६ मा बोइङको स्टारलाइनर स्पेस क्याप्सुल चढेर स्पेस स्टेसन गएका थिए । नासाले तेस्रो पटक पनि उनीहरूलाई फर्काउने योजना स्थगित गर्नु परेको छ । यसले ती दुवै स्पेस स्टेसनमै फस्ने हुन् कि भन्ने चिन्ता बढाएको छ । बोइङको यो मिसन सुरुदेखि नै समस्यामा फस्दै आएको थियो ।

यसकै कारण क्याप्सुलको उडान धेरै पटक स्थगित गरिएको थियो । तर अन्तर्राष्ट्रिय स्पेस स्टेसन ९आईएसएस० पुगेर फर्किने क्रममा क्याप्सुलमा फेरि समस्या देखिरहेको छ । बोइङले एक विज्ञप्ति जारी गर्दै स्पेस क्याप्सुलमा थ्रस्टर फेलियर र लिक भल्भ जस्ता प्राविधिक समस्या आइरहेको र यसलाई समाधान गर्न केही समय लाग्ने भएकोले सुनिता र बुचलाई पृथ्वीमा फर्काउन समय लागिरहेको बताइएको छ ।

स्पेस क्याप्सुलमा देखिएको समस्या नहट्दै फर्काउन खोज्दा ठूलो दुर्घटना हुन सक्ने भयले नासाले जोखिम मोल्न चाहेको छैन । सुनिता र बुच ९ दिन आईएसएसमा बसेर जुन १५ मा पृथ्वीमा फर्किँदै थिए । तर नासाले उनीहरू फर्किने मिति तीन पटक सारिसकेको छ । उनीहरू अब कहिले फ

प्रकाशित : १२ असार २०८१, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६