खोज–अनुसन्धान

वर्षाले भैरहवा विमानस्थलमा उडान र अवतरण प्रभावित



बुटवल, १३ असार ।बुधबार बिहानदेखि परेको वर्षाका कारण रुपन्देहीका विभिन्न ठाउँ जलमग्न भएका छन् । अविरल वर्षाले गौतमबुद्ध विमानस्थलमा उडान र अवतरण प्रभावित भएको छ भने बुटवलका विभिन्न ठाउँ जलमग्न भएका छन् ।वर्षाले बुटवलको मुख्य बजार क्षेत्र मिलनचोक कालिकानगर, राजमार्ग चौराहा जलमग्न भएका हुन् । पानी बग्ने सहज निकास नहुँदा यी ठाउँहरू जलमग्न भएको स्थानीयले बताएका छन् ।

गत वैशाखमा पनि एकै दिनको बाढीले बुटवलका व्यापारिक मार्गका पसलमा बाढी पसेको थियोपाल्पाका विभिन्न ठाउँमा पनि ठूलो पानी परेको छ । निरन्तरको वर्षासँगै तिनाउ नदीमा बाढी आउने जोखिम रहेको भन्दै प्रहरीले सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रकाशित : १४ असार २०८१, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६