प्रदेश

एसईई नतीजाः सबैभन्दा बढी ‘ननग्रेड’ लुम्बिनी प्रदेशमा



कपिलवस्तु, १३ असार।

एसईईको नतीजामा सबैभन्दा बढी लुम्बिनी प्रदेशका विद्यार्थीले “ननग्रेड” ल्याएका छन् । लुम्बिनीका ८० हजार ३ सय २७ जना विद्यार्थीमध्ये ४९ हजार २ सय २४ जना ननग्रेडमा परेका हुन्।

प्रदेश १ मा ३९ हजार ८ सय ९५ जना, मधेश प्रदेशमा ४२ हजार २ सय ८६ जना, बागमती प्रदेशमा ३३ हजार ८ सय ४३ जना, गण्डकी प्रदेशमा २० हजार २ सय ७५ कर्णाली प्रदेशमा २० हजार ३ सय ८० र सुदूरपश्चिम प्रदेशमा ३६ हजार ४ सय १० जना ननग्रेडमा छन्।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले बिहीबार माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ। परीक्षामा सहभागी भएका विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन्।

बोर्डका अनुसार, १८६ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन्। बिहीबार एसईई नतिजा सार्वजनिक गर्दै बोर्डका अध्यक्ष महाश्रम शर्माले सबैभन्दा बढी ७८ हजार ८७४ जनाले २.८० देखि ३.२० सम्मको ग्रेड प्राप्त गरेको जानकारी गराए।

परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत परीक्षार्थी ननग्रेड (एनजी) अर्थात् फेल भएका छन्।

ननग्रेड ल्याउनेको संख्या २ लाख ४२ हजार ३१३ रहेको छ।

ननग्रेड ल्याउनेमध्ये २ विषयसम्म अनुत्तीर्ण हुनेमा १ लाख १५ हजार ८३४ छन् भने त्यसमा ६७ हजार ८९६ जना एक विषयमा अनुत्तीर्ण छन्।

३।६० देखि ४ जीपीए ल्याउनेको संख्या ३१ हजार २०९ रहेको शर्माले जानकारी गराए।

प्रकाशित : १४ असार २०८१, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६