देश

टोपबहादुर जेल गएपछि माओवादीमा फर्किएका चन्द्रबहादुर केन्द्रीय सदस्यमा बढुवा



काठमाडौँ, १३ असार । नेकपा (माओवादी केन्द्र) ले वैकल्पिक केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का (अर्घाखाँची) लाई पूर्ण केन्द्रीय सदस्यमा पदोन्नति गरेको छ । बुधवार बसेको केन्द्रीय कार्यालय बैठकको निर्णयअनुसार खड्कालाई केन्द्रीय सदस्यमा बढुवा गरेको गरिएको हो ।

यसअघि माघ २६ र २७ गते बसेको माओवादीको स्थायी समिति बैठकले खड्कालाई वैकल्पिक केन्द्रीय सदस्य बनाएको थियो ।

तत्कालीन एमाले र माओवादी मिलेर बनेको नेकपा विघटन भएपछि रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साहसँगै उनी एमालेमा बसेका थिए । पार्टीमा फर्किन गरेको आग्रह नमानेपछि माओवादीले २०७८ वैशाख १० गते खड्कालाई कारबाही गरेका थियो ।

कारबाहीसँगै उनले राष्ट्रिय सभा सदस्य पद समेत गुमाएका थिए । उनी रायमाझी निकट नेता हुन् ।

भुटानी शरणार्थी काण्डमा रायमाझी जेल परेपछि खड्का गत १ गते माघमा माओवादी फर्किएका थिए । माओवादीमा रहँदा खड्का अर्घाखाँचीका इन्चार्ज समेत रहेका थिए ।

प्रकाशित : १४ असार २०८१, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६