ब्रेकिंग न्युज

जिउँदै कुकुरको आँखा निकाल्ने व्यक्ति पक्राउ,




काठमाडौं १३ असार । कीर्तिपुरमा सामुदायिक कुकुरलाई आँखा निस्कने गरी कुटपिट गर्ने व्यक्ति पक्राउ परेका छन् ।आँखा नै फुत्त बाहिर निस्किने गरी निर्ममतापूर्वक कुट्ने व्यक्तिलाई कीर्तिपुर प्रहरी वृत्तका प्रमुख प्रहरी नायव उपरीक्षक भुवनेश्वर प्रसाद साहले पक्राउ गरेर हिरासतमा लिएका हुन् ।
घटना कीर्तिपुर नगरपालिका ५ पांगाको हो । सामुदायिक कुकुरलाई मान्छेले समातेर आँखा निस्कने गरी कुट्ने स्थानीय सुरेश महर्जन पक्राउ परेपछि केही स्थानीयले भने विरोध गरेका छन् ।
आँखा नै फुत्त बाहिर निस्किने गरी निर्ममतापूर्वक कुटिएको गम्भीर घटनाका दोषीलाई छाड्न केहीले प्रहरी कार्यालय गएर दबाब दिइरहेका छन् । कुकुर कुट्ने महर्जनले भने ‘चल्ला खाइदिएकाले बदला लिएको’ बताएका छन् ।

कानुनले कुनै पनि पशु प्राणीलाई निर्दयी व्यवहार गर्न, क्रूरतापूर्वक हत्या गर्न बन्देज गरेको छ । यस्ता कृत्य गर्नेलाई तीन महिनासम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने प्रावधान छ । स्थानीयको दबाबको बाबजुद घटनाको गम्भीरतापूर्वक अनुसन्धान गर्ने र कारबाही अघि बढाउने कीर्तिपुर प्रहरी स्रोतले जनाएको छ ।
घाइते कुकुरको आँखाको प्वालबाट रगत निस्किरहेको छ । टाउको रक्ताम्मे छ । एकदमै नाजुक अवस्थामा रहेको कुकुरलाई स्नेहा केयर्सले उद्धार गरी उपचार गरिरहेको छ ।केही साताअघि इलामको देउमाई नगरपालिकाका तीन–चारजना युवकले एउटा कुकुरको बच्चालाई कुटेर जिउँदै खाल्डोमा पुरेको भिडिओ सोसल मिडियामा भाइरल भएको थियो । घटनामा तीन

प्रकाशित : १५ असार २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६