अर्थ-वाणिज्य

एसईई परीक्षा नतिजामा लुम्बिनीको अनुत्तीर्ण संख्या सबै भन्दा धेरै कसरी ?




कपिलवस्तु १४ असार । माध्यमिक शिक्षा परीक्षा, एसईई २०८० मा नन ग्रेड ९अनुत्तीर्ण० हुने विद्यार्थीको धेरै संख्या लुम्बिनी प्रदेशमा रहेको छ ।लुम्बिनी प्रदेशबाट ८० हजार ३२७ विद्यार्थी परीक्षामा सहभागी भएका थिए । बिहीबार सार्वजनिक नतिजाअनुसार ४९ हजार २२४ विद्यार्थी अनुत्तीर्ण भएका छन् ।मधेश प्रदेशमा ४२ हजार २८६ जना विद्यार्थी अनुत्तीर्ण भएका छन् । मधेशबाट गत चैतमा सम्पन्न परीक्षामा ७९ हजार ५९२ विद्यार्थी सहभागी भएका थिए ।
त्यसैगरी कोशी प्रदेशका ७५ हजार ९८८ विद्यार्थीमध्ये ३९ हजार ८९५ विद्यार्थी अनुत्तीर्ण भएको राष्ट्रिय परीक्षा बोर्ड, कक्षा १० ले जनाएको छ ।सुदूरपश्चिम प्रदेशका ३६ हजार ४१० विद्यार्थी अनुत्तीर्ण भएका छन् । बोर्डका अनुसार सुदूरपश्चिमबाट ५३ हजार ४४६ जना विद्यार्थीले परीक्षा दिएका थिए ।बागमती प्रदेशका कुल ९९ हजार ८७२ विद्यार्थीमध्ये ३३ हजार ८४३ विद्यार्थी अनुत्तीर्ण भएका छन् ।कर्णाली प्रदेशमा २० हजार ३८० विद्यार्थी अनुत्तीर्ण भएको बोर्डले जनाएको छ । कर्णालीबाट गत चैतमा भएको परीक्षामा ३५ हजार ३४ विद्यार्थी सहभागी भएका थिए ।गत चैतमा भएको परीक्षामा सहभागी कुल ४ लाख ६४ हजार ७८५ विद्यार्थीमध्ये २ लाख ४२ हजार ३१३ विद्यार्थी अनुत्तीर्ण भएका छन् ।

दुई विषयमा अनुत्तीर्ण हुने विद्यार्थीले साउन १८ र १९ गते पुरक परीक्षा दिन पाउने भएका छन् । यो वर्ष १ लाख १५ हजार ८३४ जना विद्यार्थीले पुरक परीक्षा दिन पाउनेछन् ।राष्ट्रिय परीक्षा बोर्ड, कक्षा १० का अध्यक्ष महाश्रम शर्माले एक विषयमा पुरक परीक्षा दिन पाउने विद्यार्थीको संख्या ६७ हजार ७९३ रहेको बताए । त्यस्तै ४८ हजार ३८ जनाले दुई विषयको पुरक परीक्षा दिनेछन् ।

प्रकाशित : १५ असार २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६