खोज–अनुसन्धान

रास्वपा महामन्त्रीको प्रतिबेदनले किन औल्यायो बालेन- रबी सहकार्यको आब्श्यकता ?



काठमाडौं १४ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री डा। मुकुल ढकालको ‘समीक्षा -प्रतिवेदन’ अहिले विशेष चर्चामा छ ।प्रतिवेदनको एक अंशले भन्छ— पार्टीले एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भन्दा काठमाडौंका मेयर बालेन्द्र शाह र धनगढीका मेयर गोपी हमालसँग सहकार्य गर्नु राम्रो हुन्छ ।यसको सङ्केत प्रष्ट छ— रास्वपाले पुराना शक्तिसँग हैन, उदाउँदा ‘नयाँ राजनीतिक सितारा’हरूसँग सहकार्य गर्नु उचित हुन्छ।

गत आम निर्वाचनमा रास्वपालाई स्थानीय निर्वाचन जित्ने यस्ता थुप्रै स्वतन्त्र मेयर र वडाध्यक्षले निर्माण गरेको जनमत उपयोगी भएको थियो । स्थानीय चुनावका ‘स्वतन्त्र उम्मेदवार’ र ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ बीचको भेद मतदाताले राम्रो खुट्याइसकेका थिएनन् । धेरैको आँखामा यी दुवै एकै थिए ।

काठमाडौंमा मेयर बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थक तथा मतदाता एकै हुन् वा फरक रु अहिलेसम्म धेरैको बुझाइ र विश्लेषण के छ भने यो एउटै जनाधार हो । तर, अब स्थिति त्यस्तो छैन । रास्वपा र स्वतन्त्र रूपमा विजयी स्थानीय निकायका जनप्रतिनिधिबीचको राजनीतिक मतभेद प्रष्ट हुँदै गएको छ ।

धरानका मेयर हर्क साम्पाङ र रास्वपाबीच त खुला जुहारी नै चलिरहेको छ । मेयर साम्पाङले अध्यक्ष रवि लामिछाने र रास्वपा पार्टीको खुलेर आलोचना गर्ने गरेका छन् ।इलाम २ को उपनिर्वाचनमा मेयर साम्पाङले पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमलाई समर्थन गरे । उनी थेगिमको पक्षमा भोट माग्न इलामका गाउँगाउँ पुगे ।

मेयर साम्पाङले समर्थन गरेका उम्मेदवार थेगिमले ११ हजार ४५७ मत प्राप्त गर्दा रास्वपाका मिलन लिम्बू ५ हजार ५० मा सीमित भए । पूर्वमा रास्वपा र रवि लामिछानेको भन्दा हर्क सम्पाङको लोकप्रियता बढी देखियो ।

गत आम निर्वाचनमा धरान उपमहानरपालिकासमेत पर्ने सुनसरी १ मा रास्वपा उम्मेदवार गोमा तामाङ १६ हजार ६०६ मत प्राप्त गरी दोस्रो स्थानमा थिइन् । यो मतमा हर्क साम्पाङ समर्थकको पनि उल्लेखनीय हिस्सा रहेको अनुमान गरिन्छ । तर, अहिले त्यहाँ मेयर साम्पाङ र रास्वपाको राजनीतिक सम्बन्ध राम्रो छैन मात्र हैन, तिक्ततापूर्ण हुँदै गएको छ ।

धनगढीका गोपी हमाल स्वतन्त्र मेयर बन्नुअघि विवेकशील साझा पार्टीमा थिए । त्यसो त ‘विवेकशील साझा’ का थुप्रै कार्यकर्ता अहिले रास्वपामा छन् । तर, हमाल भने रवीन्द्र मिश्रको राजनीतिक लाइनप्रति रुझान राख्थे । उनी रास्वपाको पक्षमा कहिल्यै खुल्ने गरेका छैनन् ।

धनगढी उपमहानगरपालिका समावेश भएको कैलाली ५ मा रास्वपाले सीमित मत पाएको थियो । रास्वपाका ईश्वरी विष्ट ३ हजार ४०५ मत पाएर पाँचौँ स्थानमा थिए । यसबाट पनि प्रष्ट हुन्छ कि हमाल समर्थकको सहानुभूति रास्वपाप्रति त्यतिखेरदेखि नै थिएन ।

काठमाडौंका मेयर बालेन र रास्वपाबीच भने एकप्रकारको अघोषित तालमेलजस्तो देखिएको थियो । स्थानीय निर्वाचनमा बालेन शाहले पाएको मत आम निर्वाचनमा रास्वपाले पाएको थियो । तर, सम्बद्ध स्रोतका अनुसार अहिले मेयर बालेन्द्र शाह रास्वपाको पक्षमा छैनन् । उनले २०८४ सम्ममा नयाँ(पुराना सबैलाई सिध्याउने सार्वजनिक अभिव्यक्ति दिने गरेका छन् ।

इलाम २ को उपनिर्वाचनअघि रास्वपा सभापति रवि लामिछाने आफ्ना उम्मेदवार मिलन लिम्बूका लागि ‘नैतिक समर्थन’ माग्न बालेनकहाँ गएका थिए । तर, बालेनले मिलन लिम्बूलाई समर्थन गर्न अस्वीकार गरे । बालेननिकट सामाजिक सञ्जालका प्रयोगकर्ताहरू पनि मिलन लिम्बूको पक्षमा लागेनन् ।

गत आम निर्वाचनमा बालेननिकट सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले रास्वपाको पक्षमा जनमत सृजना गर्ने प्रयत्न गरेका थिए । ‘नो नट अगेन’ अभियान त्यसैको उपज थियो ।अहिले बालेन र रास्वपाबीचको दूरी बढेको छ । रवि लामिछानेको दुई(दुईपटकको ‘सत्तारोहण र नैतिक सङ्कट’ बालेन शाहलाई मन परेको छैन । बालेन र रास्वपाबीच सहकार्यको सम्भावना निकै कमजोर छ ।

तर, बालेन शाहले २०८४ को आम निर्वाचनअअघि नयाँ राजनीतिक दल बनाउँछन् कि फेरि एकपटक काठमाडौंको मेयर पदमै उम्मेदवारी दिन्छन् रु यो प्रश्न भने अनुत्तरित छ । बालेननिकट स्रोतहरू भन्छन् कि नयाँ पार्टी बनाउने सम्भावना नै अधिक छ । त्यसका लागि देश विदेशमा रहेका बालेन निकटको एउटा टिमले काम गरिरहेको छ ।

बालेनले भने आफ्ना समर्थकलाई केही समय पर्खिन भन्ने गरेका छन् । उनले फेरि एकपटक मेयर पदमै उम्मेदवारी दिए भने रास्वपाले के गर्ने छ रु आगामी स्थानीय चुनावमा रास्वपाले उम्मेदवारी दिन्छ कि दिँदैन रु यस प्रश्नमा भने स्वयम् रास्वपा अनिर्णित छ । स्थानीय र प्रदेश तहको निर्वाचन कसरी सामना गर्ने भन्नेबारे रास्वपा कुनै टुङ्गोमा पुग्न सकेको छैन ।

महामन्त्री ढकालले भने प्रदेश खारेजीको पक्षमा पार्टी उभिने घोषण गर्नुपर्ने धारणा सार्वजनिक गरेका छन् । विश्लेषकको अनुमान छ कि मेयर बालेन्द्र शाहले २०८४ को आम चुनावमा भाग लिनेगरी नयाँ राजनीतिक दल गठन गरे रास्वपा मतदाताले रवि लामिछानेलाई छोडेर नयाँ विकल्प रोज्न सक्नेछन् ।

रास्वपा नै विभाजित भएर एक समूह बालेन शाहको पार्टीतिर लाग्ने सम्भावना बढ्ने छ । तसर्थ, रास्वपा महामन्त्री ढकालले औल्याएजस्तो बालेन(रवि सहकार्य त्यति सहज छैन । अर्को कुरा, महामन्त्री ढकालको प्रतिवेदनकै कारण रवि लामिछाने सरकार छोड्न राजी होलान् भन्न सकिन्न ।दोहोरो पार्सपोर्ट र सहकारी ठगीसम्बन्धी मुद्दा कुनै टुङ्गोमा नपुगुन्जेल रवि सरकारबाट फिर्ता नहुने श्रोतको दाबी छ ।

प्रकाशित : १५ असार २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६