अर्थ-वाणिज्य

पूर्वगृहमन्त्री बादलका छोरा प्रतीक थापा पक्राउ




काठमाडौं १४ असार, ।पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा पक्राउ परेका छन् ।नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका उनलाई प्रहरीले बौद्धबाट पक्राउ गरेको उच्च स्रोतले पुष्टि गर्‍यो ।बादल गृहमन्त्री भएका बेला उनी केही समय स्वकीय सचिव समेत बनेका थिए । तर, मन्त्रालयमा उनको भूमिका विवादित भएपछि स्वकीय सचिवबाट हटाइएको थियो ।
भुटानी शरणार्थीको समस्या समाधान गर्न भन्दै मन्त्रालयले पूर्वसहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा कार्यदल बनाएको थियो । कार्यदलको प्रतिवेदनमै नक्कली नामहरु घुसाएर नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने प्रयास भएको थियो । त्यसक्रममा थापाले विचौलियाको भूमिका निभाएको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।यसमा बादलका उनका सुरक्षा सल्लाहकार इन्द्रजित राई, राईका छोरा निरज राई, तत्कालीन उर्जामन्त्री एवं हालका एमाले सचिव टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप रायमाझी पनि जोडिएका थिए । तर, बादल गृहमन्त्री भएका बेला कार्यदलको प्रतिवेदनमा विचौलियाको सूचीअनुसारको नामहरु थप्न नसकेपछि बालकृष्ण खाँण गृहमन्त्री भएका बेला प्रतिवेदन नै कीर्ते गरेर नेपाली युवालाई भुटानी शरणार्थी बनाउने प्रयास भएको थियो ।
यसका लागि मोरङ केशव दुलाल र सानु भण्डारीले सेटिङ मिलाएका थिए । प्रतीकले पक्राउ पूर्जी जारी भएपछि प्रतीकले विज्ञप्ति जारी गर्दै ‘संवेदनशील विषय भएकाले छानबिनमा सहयोग गर्ने’ बताएका थिए । तर, अहिलेसम्म उनी फरार थिए ।त्यसबेला उनले मन्त्रालयमा हुँदा कोही कसैसँग सम्झौता जनसरोकारका विषयलाई प्राथमिकतामा राखेर काम गरेको दाबी गरेका थिए ।यद्यपि, भुटानी शरणार्थी प्रकरणका पीडित प्रेमराज पन्थीले उनलाई एक करोड रुपैयाँ घुस दिएको जाहेरीमा उल्लेख गरेका थिए ।नक्सालस्थित निलगिरि रेष्टुरेन्टबाहिर पार्किङ गरिराखेको गाडीमा चिरञ्जीवी आचार्यमार्फत आएको रकम केशव दुलाल र प्रतिक थापालाई दिएको उनले भनेका छन न्पछि सोही स्थानमा ४८ लाख रुपैयाँ फिर्ता लिएको पनि उनले भनेका छन् ।

प्रकाशित : १५ असार २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६