प्रदेश

श्रृङ्गिघाट सामुदायिक वनः वन विज्ञान अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति र सडक छेउमा वृक्षारोपण



बाणगङ्गा, १४ असार । कपिलवस्तुको बाणगङ्गा नगरपालिकाका चार वटा वडा समेटेको श्रृङ्गिघाट सामुदायिक वनले सामाजिक कार्यका विभिन्न कामहरू गर्दै आएको छ । यसैबीच वनले  राष्ट्रिय वृक्षरोपण दिवस– २०८१ को अवसरमा  पुनः दुई उत्कृष्ट कार्य गरेको छ । वनले शुक्रबार चारनम्बर स्थित तौलिहवा सडक खण्डमा वृक्षारोपण र वन विज्ञान अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको हो ।

श्रृङ्गिघाट सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष गणेश बहादुर सिंह ठकुरीका अनुसार वनले तौलिहवा सडक खण्डमा बिरुवा रोपेको हो । कपुर निम, कल्की, बेगम बेली लगायतका २ सय बिरुवाहरू रोपिएको उनले जानकारी दिए । 

नेपालमा मात्र नभएर विश्वभर मै वन क्षेत्र अतिक्रमणमा परिरहेको समयमा सहर बजारलाई पनि हरियाली बनाउने उद्देश्यले वृक्षरोपण गरिएको अध्यक्ष ठकुरीले बताए । उनले स्थानीय सरकार सँग  सहकार्य गर्न खोजेकाले  त्यस्तो वातावरण सृजना गरिदिन उनले जनप्रतिनिधिहरू सँग आग्रह गरे ।

त्यस्तै वनले उपभोक्ता समुह भित्रका वन विज्ञान अध्ययनरत ७ जना विद्यार्थीहरूलाई हौसला स्वरुप ३ लाख छात्रवृत्ति समेत प्रदान गरेको समुहकी सचिव कमला खाँणले बताइन  ।उनले  ७ जना विद्यार्थीहरू मध्ये उनीहरूको आर्थिक अवस्था अनुसार रकमलाई विभाजन गरेर प्रदान गरिएको जानकारी दिइन । आफूहरूले अन्य विषय अध्ययन गर्ने विद्यार्थीहरूलाई पनि सहयोग गर्न चाहेको भएपनि पहिला वन सम्बन्धी विषय अध्ययन गरेका विद्यार्थीहरूलाई ध्यानमा राखेर सहयोग गरिएको बताइन ।

यसैबीच कार्यक्रमलाई प्रमुख अतिथि समेत रहेका बाणगङ्गा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले वातावरणमा असन्तुलन बढेपछि मात्र  वनको महत्व बुझेको बताए । मेयर अर्यालले बाणगङ्गा भित्रका वनहरुले वन प्रवर्द्धनमा खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै पालिका सँगको सहकार्यमा काम गरे अझ प्रभावकारी हुने बताए ।

त्यस्तै बाणगङ्गा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष छबि रेस्मी मगरले रोपिएका बिरुवालाई जोगाउन आवश्यक रहेकोमा जोड दिए । उनले वडाले विगतमा कयौँ बिरुवा रोपेको स्मरण गर्दै केही बिरुवा मरेको भन्दै अब लगाएका बिरुवाको रेखदेख गर्न निक्कै आवश्यक रहेको बताए ।

त्यस्तै सव डिभिजन वन कार्यालय मोतिपुरका प्रमुख बसन्त थापाले बिरुवा रोप्ने तरिकाको बारेमा बताउँदै वन क्षेत्रलाई विस्तार गर्न निक्कै आवश्यक रहेको जिकिर गरे ।कार्यक्रममा वनका पदाधिकारी, विभिन्न सङ्घसंस्थाका पदाधिकारी, सञ्चारकर्मी, स्थानीय लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित : १५ असार २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६