प्रदेश

सिनर्जीले गर्‍यो वार्षिक उत्सवको अवसरमा वृक्षारोपण 




कपिलवस्तु, १५असार ।
सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लि. बाणगङ्गा कपिलवस्तुले आफ्नो तेस्रो वार्षिक उत्सवको अवसरमा वृक्षारोपण कार्य सम्पन्न गरेको छ । संस्थाले रचनात्मक कार्यक्रम अन्र्तगत ओशो तथा गत ध्यान आश्रम परिसरमा आँप, निम लगायतका १ सय ५ वटा बिरुवा रोपेको संस्थाका बोडेगाउँ सेवा केन्द्रका प्रमुख मदन पौडेलले जानकारी दिनु भयो । वृक्षारोपण कार्यक्रम संस्था अध्यक्ष लक्ष्मण बेल्बासेले आपँको बिरुवा रोपेर शुभारम्भ गर्नु भएको थियो । वृक्षारोपण कार्यक्रममा संस्थाका पदाधिकारी, सञ्चालक, विभिन्न उपसमिति, शेयर सदस्य, कर्मचारी एवम् शुभेच्छुहरूले समेत वृक्षारोपण कार्यमा सरिक हुनु भएको संस्थाका सचिव कृष्ण प्रसाद न्यौपानेले जानकारी दिनु भयो । वृक्षारोपण कार्यका लागि स्थान उपलब्ध गराउने ओशो तथा गत ध्यान आश्रम प्रति संस्थाले धन्यवाद ज्ञापन गरेको संस्थाका उपाध्यक्ष कुलराज पौडेलले जानकारी दिनु भयो ।  

प्रकाशित : १६ असार २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६